सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखेर गन्तव्य देशले मान्यता दिएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप दिन सुुरु गरेको छ । श्रम गन्तव्य देशले कोरोनाविरुद्धको खोपलाई अनिवार्य गरेपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्राथमिकताका आधारमा आइतबारबाट काठमाडौँ बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रबाट खोप दिन
सुुरु गरेको हो ।