जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

सरकारले कोरोना भाइरस  विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ लगाउन सरकारको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताए। उनका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महिना पूरा भएका र पहिले बुस्टर मात्रा खोप लगाउन छुटेकालाई बुस्टर मात्रा लगाउन भनिएको छ। ५५ […]

जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह

सरकारले कोरोनाभाइरस (कोभिड–१९ं) विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो ।जोन्सन एण्ड जोन्सन खोप एक मात्रा लगाएपछि पूर्ण मात्रा हुन्छ । यस्तै, अन्य खोप पनि पूर्ण मात्रा लगाएको तीन महिना पुगिसकेकालाई बुस्टर मात्रा खोप लगाउन मन्त्रालयले पुनः आग्रह गरेको छ ।