धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोना विरुद्धको अमेरिकन जोन्सन खोप केही समयको लागि स्थगित भएको छ । साउन १४, १५ र १६ गते तिन दिनसम्म कोरोना विरुद्धको खोप जोन्सन लगाइने भनिएको थियो । मेयर तिलक राईका अनुसार भोलिदेखि लगाइने भनिएको जोन्सन खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइनपुगेको कारण स्थगित गर्न परेको हो । मेयर राईले अब जिल्ला स्वास्थ्य कार्यालयमा खोप आईपुगेपछि मात्र धरानमा जोन्सन खोप लगाइने जानकारी दिए । उनका अनुसार जोन सन खोप धरानमा ५ हजार आउने छ । आउँदो आइतबारसम्ममा जो