स्टक सकिएपछि जोन्सन खोप अभियान स्थगित

काठमाडौं।खोप सकिएपछि जोन्सन एण्ड जोन्सनको खोप अभियान रोकिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जोन्सनको खोप अभियान रोकिएको जानकारी दिए। उनले पहिलो दिनमा काठमाडौंमा ६० हजारले जोन्सन खोप लगाएको जानकारी दिए।भेरोसेल खोपको अभियान भने जारी रहने पराजुलीले बताए।प्रशासनले १८ वर्षभन्दा माथिकालाई जोन्सन खोप दिने निर्णय गरेपछि खोप केन्द्रमा भीड बढेको थियो।ललितपुर र भक्तपुरमा भने खोप अभियान जारी छ।

सम्बन्धित सामग्री

धरानमा भोलिदेखि लगाइने भनिएको जोन्सन खोप अभियान स्थगित

धरानमा साउन १४ गतेदेखि लगाइने भनिएको कोरोना विरुद्धको अमेरिकन जोन्सन खोप केही समयको लागि स्थगित भएको छ ।  साउन १४, १५ र १६ गते तिन दिनसम्म कोरोना विरुद्धको खोप जोन्सन लगाइने भनिएको थियो । मेयर तिलक राईका अनुसार भोलिदेखि लगाइने भनिएको जोन्सन खोप जिल्ला स्वास्थ्य कार्यालयमा आइनपुगेको कारण स्थगित गर्न परेको हो । मेयर राईले अब जिल्ला स्वास्थ्य कार्यालयमा खोप आईपुगेपछि मात्र धरानमा जोन्सन खोप लगाइने जानकारी दिए । उनका अनुसार जोन सन खोप धरानमा ५ हजार आउने छ । आउँदो आइतबारसम्ममा जो