विदेश जाने यात्रुहरुले यी अस्पतालबाट जोन्सन खोप लगाउन पाउने

जोन्सनको खोप एक डोजमात्र लगाउँदा हुने भएकोले विदेश जानेहरुले यो खोप लगाउने गरेका छन्। जोन्सन खोप मात्र नभएर काठमाडौंका अस्पतालहरुबाट भेरोसेल र कोभिसिल्डको खोप पनि लगाउन सकिने खोप शाखाले जनाएको छ।

सम्बन्धित सामग्री

एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु

सरकारले विदेश जाने यात्रुलाई लक्षित गरेर जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरेको छ। एक डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप बुधबारबाट उपत्यकामा लगाउन सुरु गरिएको हो । उपत्यकाका विभिन्न अस्पतालबाट जोन्सन एण्ड जोन्सन खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।

बिहानभरि लाइन बसेर खोप लाउन नपाई लखेटिए विदेश जाने युवाहरु (तस्बिरहरु)

काठमाडौँ – टेकू अस्पताल खोप केन्द्रमा खोप लगाउन आएका झण्डै तीन सयजनालाई खोप नदिई फिर्ता पठाइएको छ । अमेरिका सरकारले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि लाइनमा बसेकाहरुलाई भिड धेरै भएको भन्दै प्रहरी लगाएर फिर्ता पठाइएको हो । ५३–५४ वर्षका, सफाईकर्मी, स्वास्थ्यकर्मीसहित विदेश जानेहरुका लागि खोप दिने तयारी थियो । तर भिड थेगिनसक्नु […]