कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुल निर्माणकार्य ३५ प्रतिशत पूरा भएको छ । महाकाली पुल योजना कार्यालय महेन्द्रनगरका इन्जीनियर शुलभ न्यौपानेले हालसम्म पुल निर्माणकार्यको ३५ प्रतिशत प्रगति भएको जानकारी दिए । पुलको ३० वटा मुख्य पिल्लरमध्ये १२ वटा पिल्लर निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।