काठमाडौं : नेपालमा कोरोना भाइरसको नयाँ सब–भेरियन्ट भेटिएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।गत २१ साउन देखि १४ असोजसम्म कोभिड–१९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमुनाहरूको छनोट गरी केही नमुनाहरूको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सब–भेरियन्ट एक्सबीबी पहिचान भएको बताइएको छ।विज्ञप्ति