काठमाडौँ – स्थापित मर्यादाक्रम भत्काउने प्रयास गरेको भन्दै केही दिनयता सामाजिक सञ्जालदेखि विभिन्न फोरमहरुमा विरोध भइरहेको छ। विशेषगरि प्रधानन्यायाधीशको मर्यादाक्रम तोडमोड गर्न खोजिएको, पूर्वराजालाई मर्यादामा स्थान नदिएको, प्रदेश सांसदलाई ‘माननीय’को दर्ताबाट निकालिएको र नेपाल सरकारका शाखा अधिकृतलाई तल्लो मर्यादाक्रममा राखिएको भन्दै असन्तुष्टि छचल्किएको छ। सरकारले मर्यादालाई तलमाथि गर्न खोजेको आरोप छ। तर, त्यसमा सत्यता छैन। […]