नेपाली काँग्रेसले विभिन्न तहमा रहेका नेताहरुको मर्यादाक्रमसम्बन्धी प्रस्ताव पेश गरेको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा नेताहरुको मर्यादाक्रम निर्धारणका लागि प्रस्ताव पेश भएको हो । प्रस्तावमा मर्यादाक्रमका नीतिगत चार आधार तय गरिएको छ । जसमा पार्टी विधानले व्यवस्थागरेको तहगत संरचनाको आधार, पार्टी विधानले व्यवस्था गरेको पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारद्वारा जारी गरिएको मर्यादाक्रम र वर्तमान तथा भूतपूर्व पदको आधार रहेका छन् । पार्टीको पहिलो वरियतामा क