प्रधानन्यायाधीश र न्यायाधीशको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक सच्चाउन सर्वोच्च बारको माग

काठमाडौँ- सर्वोच्च अदालत बार एशोसिएशनले प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेरसम्बन्धी विधेयक न्यायपालिकाको गरिमा र सम्मान कायम राखी पूर्ववत रुपमा सच्चाउन माग गरेको छ । बारको मङ्गलबार बसेको बैठकले उक्त विधेयकलाई मर्यादाक्रम पूर्ववत रहने गरी सच्याउन अनुरोध गरेको अध्यक्ष हरिशङ्कर निरौलाले जानकारी दिए । प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रियसभामा हालै प्रस्तुत भएको विधेयकको […]

सम्बन्धित सामग्री

समयमै प्रधानन्यायाधीश सिफारिस गर्न सर्वोच्च बारको माग

सर्वोच्च अदालत बार एशोसिएसनले भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाअघि बढाउन माग गरेको छ । संवैधानिक प्रावधान स्मरण गराउँदै सर्वोच्च बारले सिफारिसका लागि आग्रह गरेको छ । बारका सचिव श्यामकुमार खत्रीले बुधबार एक...

आज प्रधानन्यायाधीश जबराविरुद्ध बारको मार्चपास

काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतदेखि बालुवाटारसम्म आज नेपाल बार एसोसिएसनले मार्चपास गर्ने भएको छ । लामो समयदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित बारले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म दिउँसो २ बजे मार्चपास गर्ने भएको हो । बारको आजको आन्दोलनमा नेपाल पत्रकार महासंघ लगायत पेसाकर्मीहरुले साथ दिने भएका छन् ।

बारको आन्दोलन उग्र नहोस भनेर सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ३ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै शुक्रबार पनि नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । तर, कानुन व्यवसायीको धर्नालाई सुरक्षाकर्मीहरूले घेरा हालेर बसेका छन् । बारको आन्दोलनले उग्र रुप नलिओस भनेर अहिले बार परिसरमा सुरक्षा व्यवस्था कडा बनाईएको छ । बारको आन्दोलनलाई सर्वोच्च अदालतकै न्यायाधीशहरूकै समर्थन रहेका बेला […]

बारको आन्दोलनबीच प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश (फोटोफिचर)

कानुन व्यवसायीहरुको आन्दोलन जारी रहँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन्। सर्वोच्च परिसरमा कानुन व्यवसायीहरुले प्रदर्शन गरिरहँदा जबरा सर्वोच्च प्रवेश गरेका हुन्। प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल...

बारको अवरोधका बावजुद पनि यसरी छिरे प्रधानन्यायाधी जबरा सर्वोच्च अदालत (फोटोफिचर)

काठमाडौं, २८ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन आन्दोलित छ। बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने भनेको थियो । तर, बारको अवरोधको बावजुद पनि प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरेका हुन् । सर्वोच्च अदालतका दुवै ढोकामा ठूलो मात्रामा प्रहरी तैनाथ गरिएको छ । बारको अगुवाईमा कानून व्यवसायीहरु भने गेटमा […]

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

२६ कात्तिक, काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर […]

बारको अवरोधको बीच प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश गरे

काठमाडौं, २६ कार्तिक । नेपाल बार एशोसिएशनको अवरोधका बावजुद पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश गरेका छन् । प्रधानन्यायाधीश जबरा सर्वोच्च प्रवेश गर्नुअघि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रधानन्यायाधीश जबरालाई बारले कार्यालय प्रवेश गर्न नदिने भनेको थियो । बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन जारी राखेको छ । हिजो बारको आन्दोलनमा […]

बारको अवरोध छल्दै अर्कै गेटबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

काठमाडौँ । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै मूल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश गरेका छन् । जबरा विगतको दिनभन्दा केही ढिला गरी महान्यायाधिवक्ता कार्यालयतर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । बारको विरोधलाई मध्यनजर राखेर सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा कडा सुरक्षा व्यवस्था गरिएको […]

हातमा कालोपट्टी बाँधेर सर्वोच्च परिसरमै बारको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ । जबराले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको बारले सोही आन्दोलनको कार्यक्रमअन्तर्गत १० बजेबाट एक घण्टासम्म सर्वोच्च परिसरमा धर्ना दिएको हो । बारको घोषित आन्दोलनको कार्यक्रमअन्तर्गत नै उभिएरै धर्ना दिइएको नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले लोकान्तरलाई जानकारी दिए । हातमा कालोपट्टी र कालै ब्यानर लिएर वकिलहरूले धर्ना दिएका हुन् । बारले आगामी बुधबा...

बारको नेतृत्वमा प्रधानन्यायाधीश जबराविरुद्ध वकिलहरूले धर्ना दिँदै

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले आज (आइतबार) धर्ना दिँदै छन् । बिहान १० देखि ११ बजेसम्म सर्वोच्च अदालत परिसरमा धर्नामा बस्न लागिएको हो । नेपाल बारको अगुवाइमा वकिलहरू हातमा कालोपट्टी बाँधेर धर्नामा बस्नेछन् । पछिल्लो समय प्रधानन्यायाधीश जबराको भूमिकामा प्रश्न उठेको र त्यसले न्यायालयलाई क्षति गर्ने भन्दै […]