ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले फराकिलो अग्रता बनाएका छन् । १२४२० मत गणना हुँदा महर्जनले ७ हजार ४९६ मतको अग्रता लिएका हुन् ।सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका महर्जनले ५ हजार ७२९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ३ हजार २५२ मत पाएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ३ हजार ८४८ मतका साथ अग्रता लिएकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका बाबुराज बज्राचार्यले &nbs