ललितपुरमा फेरि चिरिबाबु, तस्बिरहरु

ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई पराजित गरेका हुन् ।व्यञ्जनकारले हार स्वीकार गर्दै गठबन्धनका संयुक्त उम्मेदवार चिरिबाबु महर्जनलाई बधाई दिइसकेका छन्। काँग्रेसका उम्मेदवार महर्जनलाई पाँच दलीय गठबन्धनको समर्थन थियो भने एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो। महर्जनको जीतमा ललितपुरमा खुसीयाली मनाउन सुरु भइसकेको छ । हेर्नुहोस् तस्बिरहरू