ललितपुर, जेठ ४ । ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन्। नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन्।