गठबन्धनको निर्णय मान्छौँ: चिरिबाबु

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफुहरुले मान्ने बताएका छन्। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफुहरुले मान्ने बताएका हुन्। उनले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बताए। ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफुहरुले राख्ने उनले बताए। […]