प्राय हामीलाई के लाग्छ भने आफूलाई सबैले राम्रो भनून्, सहयोग गरून्, सम्मान गरून्, माया, स्नेह र सद्भाव राखून् तर के बिर्सन्छौं भने अरूले त्यस्तो भनिदिन वा अरूबाट त्यस्तो व्यवहार पाउन आफूले पनि अरूप्रति गर्नुपर्ने व्यवहार त्यस्तै हुनुपर्छ । अरूबाट माया पाउन आफूले पनि अरूलाई माया गर्नुपर्छ, माया गर्न सक्नुपर्छ । सम्मान पाउन सम्मान गर्नुपर्छ, सम्मान गर्न सिक्नुपर्छ, सक्नुपर्छ । सयोग, सद्भाव र सहकार्यको अवस्था पनि त्यस्तै हो । सहयोग हात बढाए जड प्राणी पनि सहयोग गर्न तत्पर हुन्छन्, तत्पर भइरहेका हुन्छ