राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उनले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताइन् ।“नेपाली भूमि, ज्ञान भूमि हो, नेपाललाई चिनाउन अझै धेरै गर्न बाँकी छ, ज्ञान दर्शन र औषधि दर्शनलाई उद्घाटन गर्नु छ, प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान गरी विश्वसामु ज्ञान पस्कन प्रतिष्ठानले नेतृत्वदायी भूमिका