निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने

काठमाडौं, बैशाख १९ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव र उद्यमी व्यावसायीका छाता संगठनहरूको बैठकले अत्यावश्यक उपभोग्य र औषधिमूलक वस्तुको आपूर्ति सहजीकरणको निर्णय गरेको हो । निषेधाज्ञा जारी गरिएका जिल्ला थपिँदै गएकाले यस्ता […]

सम्बन्धित सामग्री

बजारमा सुनचाँदी अभाव

बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायी मर्कामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई समक्ष गुनासो गर्दै विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको पनि बताए ।तिजपछि दसैं, […]

बजारमा सुन अभाव

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न […]

कच्चा सुनको आपूर्ति बढाउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।बजारको मागको बेवास्ता गर्दै अतयन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरवारमा भेट गरी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको […]

कच्चा सुनको आपूर्ति बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन माग

व्यवसायीहरुले सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेको भन्दै व्यवसायीलाई परम्परागत व्यवसाय सञ्चालन गर्न समस्या परेको उनीहरुले गुनासो गरे । विभिन्न परम्परागत सीप तथा कला संरक्षणमा तथा प्रवद्र्धन तथा औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनीले लागि आवश्यक कच्चा पदार्थ (सुनचाँदी) आपूर्तिको […]

सुनचाँदीको आपूर्ति सहज बनाउन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं, साउन २५ । सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन ब्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी वन्न नसकेकोले ब्यवसायीहरुलाई परम्परागत ब्यवसाय सञ्चालन गर्न नै धौ धौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । विभिन्न परम्परागत सिप तथा कला संरक्षण तथा प्रवर्धनका साथै औद्योगिकरण गर्ने उद्देश्यबाट स्थापित बी.जी एण्ड […]

राजस्व चुहावट नियन्त्रणमा अन्तरनिकाय समन्वयमा जोड

काठमाडौँ । राजस्व चुहावट नियन्त्रण प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयमा जोड दिइएको छ । यहाँ आज बसेको राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका बैठकमा सरोकार संस्थाका प्रतिनिधिले समन्वयात्मक रुपमा चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । बैठकले कोभिड–१९ को विषम परिस्थितिमा व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहजीकरण गर्ने तथा राजस्व चुहावट र विदेशी विनिमय […]

सुनको आपूर्ति बढाउन माग

काठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल कोटा वृद्धि गर्न माग गरेको हो । व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोवार फष्टाउन सक्नेतर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । आवश्यकतानुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो ।(रासस)

कर्णालीमा आपूर्ति व्यवस्था प्रभावकारी बनाउन समिति

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९)का कारण कर्णालीमा बढ्दो अभावको अन्त्य गर्न र आपूर्ति