निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने : समन्वयको जिम्मा निजीक्षेत्रका छाता संगठनलाई

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव र उद्यमी व्यावसायीका छाता संगठनहरूको बैठकले अत्यावश्यक उपभोग्य र औषधिमूलक वस्तुको आपूर्ति सहजीकरणको निर्णय गरेको हो । निषेधाज्ञा जारी गरिएका जिल्ला थपिँदै गएकाले यस्ता वस्तु तथा सेवाको उत्पादन र आपूर्ति सहज बनाउन मन्त्रालयले पहल अघि बढाएको छ । महामारी नियन्त्रणका लागि सरकारले काठमाडौं उपत्यकासहित दुई दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइसकेको छ । निषेधाज्ञामा अत्यावश्यक सेवा र वस्तुको आपूर्तिमा हुन सक्ने अवरोधलाई तत्काल सम्बोधन गर्न संयन्त्र गठन गरिएको मन्त्रालयले बताएको छ । कोरोना संक्रमितको उपचारमा प्रयोग भइरहेका सहयोगी औषधि, अक्सिजन, अक्सिजन सिलिण्डर र मास्क सुपथ मूल्यमा उपलब्ध गराउन प्रभावकारी कदम चाल्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा. नायरायणप्रसाद रेग्मीले बताएका छन् । अत्यावश्यक वस्तु तथा सेवा र उपचार सामग्रीको अभाव हुन नदिन पर्याप्त आपूर्ति व्यवस्थाका लागि उद्योगी व्यवसायीहरूका छाता संगठनले समन्वय गर्ने मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञाको समयमा उद्यमी व्यवसायीले भोग्ने गरेका समस्याबारे ‘र्‍यापिड रेस्पोस टीम’लाई जानकारी गराइने भएको छ । मन्त्रालयले निषेधाज्ञाको समयमा स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहजीकरणका लागि सरोकारका मन्त्रालायका अधिकारीहरूको सहभागितामा पाँचसदस्यीय यस्तो संयन्त्र बनाएको छ । निषेधाज्ञामा दैनिक उपभोग्य वस्तु र सेवा सहज रूपमा उपलब्ध गराउन ढुवानी सञ्चालनलाई व्यवस्थित गरिएको मन्त्रालयले बताएको छ । अत्यावश्यक वस्तु उत्पादक उद्योग निर्बाध रूपमा सञ्चालन र ढुवानीका लागि सहजीकरण गरिएको छ । यस्ता उद्योग प्रतिष्ठान र व्यवसायीले उपलब्ध गराएको सिफारिशका आधारमा परिचयपत्र देखाएर ढुवानीका साधन सञ्चालनको व्यवस्था मिलाइएको छ । उद्योग तथा व्यापारिक प्रतिष्ठानले जारी गरेको यस्तो कागजातको विवरण स्थानीय जिल्ला प्रशासन कार्यालय र सम्बन्धित विभागमा जानकारी गराउनुपर्ने प्रवक्ता रेग्मीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी ढुवानीका साधनको अगाडि ब्यानर राखेर सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ । कामदार कर्मचारीलाई आवतजावतका लागि उद्योग प्रतिष्ठानको आधिकारिक परिचयपत्र र प्रयोजन खुलेको पत्रका आधारमा सहजीकरण गरिने भएको छ । अत्यावश्यक बाहेकका उद्योग व्यवसाय सञ्चालनका लागि सम्बन्धित विभागबाट अनुमति लिनुपर्ने शर्त राखिएको छ । यस्ता उद्योग व्यापार चलाउन न्यूनतम जनशक्ति र स्वास्थ्य सुरक्षाको पूर्ण पालना हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । उद्योग व्यवसाय सञ्चालनको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्नेछ ।

सम्बन्धित सामग्री

उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाउछौँ :  मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उपभोक्ताको अधिकार संरक्षण र प्रचलन, आपूर्ति व्यवस्था र वस्तु वा सेवाको मूल्य तथा गुणस्तर निर्धारणसम्बन्धी विषयमा नीति अधिकार भएको उपभोक्ता संरक्षण परिषद्लाई सक्रिय बनाइने बताएका छन् ।उपभोक्ता संरक्षण परिषद्का अध्यक्षसमेत रहेका उनको निर्देशनमा उपभोक्ता संरक्षण ऐन, २०७५ बनेको चार वर्षपछि परिषद्को बैठक बसेको हो । बैठकमा उनले उपभोक्ताको अधिकार संरक्षणका लागि ऐन, नियम, नीतिमा संशोधन, परिमार्जन वा नयाँ बनाउनुपर्ने भए सोसम्बन्धी व्यवस्था गरी परिष

निषेधाज्ञामा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने

काठमाडौं, बैशाख १९ । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण रोक्न जारी गरिएको निषेधाज्ञाको अवधिमा आपूर्ति व्यवस्था प्रभावकारी बनाइने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको संयोजनमा शुक्रवार मन्त्रालयका सचिव र उद्यमी व्यावसायीका छाता संगठनहरूको बैठकले अत्यावश्यक उपभोग्य र औषधिमूलक वस्तुको आपूर्ति सहजीकरणको निर्णय गरेको हो । निषेधाज्ञा जारी गरिएका जिल्ला थपिँदै गएकाले यस्ता […]