कच्चा सुनको आपूर्ति बढाउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।बजारको मागको बेवास्ता गर्दै अतयन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरवारमा भेट गरी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको […]

सम्बन्धित सामग्री

सुन आयातको कोटा बढाउन माग

काठमाडाैं । सुन चाँदी व्यवसायीले सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन […]

बजारमा कच्चा सुन अभाव, व्यवसायी पुगे राष्ट्र बैंक

बजारमा कच्चा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरू नेपाल राष्ट्र बैंक पुगेका छन् । आपूर्ति कोटा बढाउन व्यवसायीहरूले केन्द्रीय बैंकलाई गुहारेका हुन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुन अभावबारे जानकारी गराएको हो । बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको महासंघले दाबी गरेको छ । त्यसकारण तत्काल कच्चा सुनको आपूर्ति बढाउन आफूहरूले आग्रह गरेको महासंघका

सुनको आपूर्ति बढाउन माग

काठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल कोटा वृद्धि गर्न माग गरेको हो । व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोवार फष्टाउन सक्नेतर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । आवश्यकतानुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो ।(रासस)

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण […]