सुनको आपूर्ति बढाउन माग

काठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल कोटा वृद्धि गर्न माग गरेको हो । व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोवार फष्टाउन सक्नेतर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । आवश्यकतानुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो ।(रासस)

सम्बन्धित सामग्री

सुनको कोटा बढाउन सरकार तयार: मन्त्री रिजाल

काठमाडौँ-  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बजारको माग अनुसार सुनको कोटा बढाउन सरकार तयार रहेको बताएका छन्। मन्त्री रिजालले अर्थतन्त्र र भुक्तानी सन्तुलनको स्थिति सकारात्मक रहेकाले अहिलेको आपूर्ति कोटामा बृद्धि गर्न कुनै कठिनाइ नभएको बताएका हुन्। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार उनकै कार्यकक्षमा गएको महासंघको टोलीसँगको भेटमा  सुनचाँदी व्यवसायको […]

सुनको कोटा बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायीले सुनको कोटा बढाउन माग गरेका छन् । हाल सरकारले दैनिक १० किलोग्राम सुनको आपूर्ति गर्दै आएको व्यवस्थालाई खारेज गरी सिजनमा दैनिक ४०/५० किलो सुन आपूर्तिको व्यवस्था गर्नु पर्ने माग व्यवसायीले गरेका हुन् । सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघद्वारा संयुक्त रुपमा पत्रकार आयोजना […]

सुनको कोटा बढाउन व्यवसायीको माग

काठमाडौं । सुनचाँदी ब्यवसायीले सुनको आपूर्ति बढाउन दबाब दिएका छन् । कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठीनाई भएको भन्दै उनीहरुले आपूर्ति ब्यवस्थालाई सुधारगर्न आग्रह गरेका हुन् । नेपाल सुनचाँदी ब्यवसायीसंघ चितवनको प्रतिनिधिमण्डलले सोमबार नेपाल सुनचाँदी ब्यवसायी महासंघमा एक ज्ञापनपत्र बुझाउँदै आपूर्ति ब्यवस्था प्रावकारी वनाउन र यसकालागि सरकारसँग आवश्यक समन्वय समेत गर्न आग्रह गरेको हो […]

सुन आयातको कोटा बढाउन माग

काठमाडाैं । सुन चाँदी व्यवसायीले सुनको आपूर्ति बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा आफुहरु मर्कामा परेको उनीहरुको गुनासो छ । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन […]

कच्चा सुनको आपूर्ति बढाउन माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।बजारको मागको बेवास्ता गर्दै अतयन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासंघले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो ।प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मंगलबार सिंहदरवारमा भेट गरी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको […]

कच्चा सुनको आपूर्ति बढाउन व्यवसायीको माग

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी पुगे राष्ट्र बैंक

काठमाडौं, ३१ भदौ । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी […]

सुन आपूर्ति बढाउन माग गर्दै व्यवसायी पुगे राष्ट्र बैंक

३० भदौ, काठमाडौं । बजारमा कच्चा सुनको कमी भएको भन्दै सुनचाँदी व्यवसायीले आपूर्ति व्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर आपूर्ति बढाउन माग गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई भेटी सुन […]

सुनको कोटा बढाउन माग

सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुले सुनको आपूर्ति कोटा बढाउन नेपाल राष्ट्र बैंक समक्ष माग गरेका छन् ।बुधबार डेपुटी गभर्नरद्धय डा. नीलम ढुङगाना तिम्सिना र बमबहादुर मिश्रसँग भेट गरी कोटा बढाउन माग गरेका हुन् ।भेटमा डेपुटी गर्भनर ढुंगानाले सुनको आपूर्ति कोटा बढाउन सकारात्मक रहेको र केहि दिनभित्र यसको विषयमा निर्णय गरिने जानकारी प्रतिवद्धता गरेकी थिइन । उनले […]

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण […]