बजारमा सुनचाँदी अभाव

बजारमा सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा सुनचाँदी व्यवसायमा आवद्ध व्यवसायी मर्कामा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधमिण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराई समक्ष गुनासो गर्दै विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको पनि बताए ।तिजपछि दसैं, […]

सम्बन्धित सामग्री

बजारमा कच्चा सुनको चरम अभाव, सुनको आपूर्ति व्यवस्थामा सुधार गर्न माग

बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै सुनचाँदी व्यसायीहरूले ततकाल आपूर्ति व्यवस्थामा सुधार गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा रहेको महासङ्घको प्रतिनिधिमण्डलले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनको आपूर्ति बढाउन आग्रह गरेको हो । भेटका क्रममा मन्त्री भण्डारीले व्यवसायीका समस्यालाई आफूले नजिकबाट नियालेको …

बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ केजीसम्म सुन कारोबार

काठमाडाैं । विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ । तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् […]

नेपाली बजारमा सुनचाँदीको अभाव, दशैँपछि दैनिक ३५ किलोसम्म सुन कारोबार

काठमाण्डाै – विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ ।  तिज लागेसँगै दशैँ, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरे पनि अभाव देखिएको हो । अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ । तर सुनचाँदी व्यवसायीहरुले ग्राहकहरुको माग अनुसार सुनका गहरगहनाहरु दिन नसकेको व्यापारीहरु बताउँछन् । उनीहरुले नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ केजीसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० केजीमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्...

नेपाली बजारमा सुनचाँदीको अभाव

काठमाडाैँ- विवाहको लगन तथा विभिन्न चाडपर्व नजिकिँदै गर्दा नेपाली बजारमा सुनको अभाव देखिएको छ। तिज लागेसँगै दशै, तिहार र मंसिरमा विवाहको लगनमा नेपाली बजारमा सुनको खपत बढ्ने गरेपनि अभाव देखिएको हो। अहिले पनि बजारमा सुनचाँदीको माग उच्च रहेको छ। तर सुनचाँदी व्यवसायीहरूले ग्राहकहरूको माग अनुसार सुनका गरगहनाहरू दिन नसकेको व्यापारीहरू बताउँछन्। उनीहरूले नेपाल सरकारले गत […]

बजारमा सुन अभाव

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । बजार मागको बेवास्ता गर्दै अत्यन्तै न्यून मात्रामा सुनको आपूर्ति हुँदै आएकाले बजारमा चरम अभाव सिर्जना भएको भन्दै महासङ्घले तत्काल आपूर्ति व्यवस्थामा सुधार गर्न आग्रह गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुणकुमार सुवेदीसँग मङ्गलबार सिंहदरबारमा भेट गरी महासङ्घका अध्यक्ष माणिकरत्न […]

बजारमा कच्चा सुनको अभाव, आपूर्ति बढाउन मागगर्दै ब्यवसायी पुगे राष्ट्र बैंक

काठमाडौं, ३१ भदौ । बजारमा कच्चा सुनको कमी हुन थालेपछि सुनचाँदी ब्यवासयीहरुले आपूर्ति ब्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी ब्यवासायी महासंघको प्रतिनिधिमण्डल बुधबार नेपाल राष्ट्र बैंक पुगेर आपूर्ति बढाउन आग्रह गरेको हो । महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेल समक्ष भेटगरी […]

बजारमा कच्चा सुन अभाव, व्यवसायी पुगे राष्ट्र बैंक

बजारमा कच्चा सुन अभाव भएको भन्दै सुनचाँदी व्यवसायीहरू नेपाल राष्ट्र बैंक पुगेका छन् । आपूर्ति कोटा बढाउन व्यवसायीहरूले केन्द्रीय बैंकलाई गुहारेका हुन् ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलले राष्ट्र बैंक, विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई सुन अभावबारे जानकारी गराएको हो । बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको महासंघले दाबी गरेको छ । त्यसकारण तत्काल कच्चा सुनको आपूर्ति बढाउन आफूहरूले आग्रह गरेको महासंघका

सुनको आपूर्ति बढाइने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् ।     महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आज गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गरे ।

सुनको आपूर्ति बढाउन माग

काठमाडौं । पछिल्ला दिनमा स्थानीय बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थको अभावका कारण बजारमा विकराल समस्या सिर्जना भएकाले तत्काल कोटा वृद्धि गर्न माग गरेको हो । व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायसँग आवश्यक परामर्श गरी शीघ्र समस्याको समाधान गरिने बताउनुभयो । सचिव भट्टराईले आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोवार फष्टाउन सक्नेतर्फ पनि सरकार सचेत रहेको उल्लेख गर्दै व्यवसायीका माग शीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको उल्लेख गर्दै तत्काल समस्या समाधान गर्न सचिव भट्टराईसँग आग्रह गर्नुभयो । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । आवश्यकतानुसार कच्चा सुन सहजरुपमा उपलब्ध नहुँदा बजारमा अवैध सुन भित्रिन सक्ने र त्यसबाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको उहाँले स्मरण गराउनुभयो । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आयात हुने गरेको थियो ।(रासस)

सुनको आयात कोटा बढाउन सुनचाँदी व्यवसायीको माग

१८ फागुन, काठमाडौं । कच्चा सुनको आपूर्ति कोटा बढाउन सुन चाँदी व्यवसायीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको हो । महासंघको प्रतिनिधि मण्डलले वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेटेर कच्चा सुन अभावका कारण […]