प्रेरक व्यक्तित्व : चिनियाँ दार्शनिक कन्फ्युशियस

कन्फ्युशियस महान् चिनियाँ दार्शनिक हुन् । खासगरी समाज सुधारको क्षेत्रमा उनको बढी ख्याति छ । प्रशासनिक क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण ठहरिएका छन् उनका विचारहरू । उनको जन्म ईशा पूर्व ५५० अर्थात् आजभन्दा झण्डै २६ सय वर्ष अघि चीनको प्राचीन प्रान्त ‘लू प्रदेश’ मा भएको थियो । ई.पू. ४८० अर्थात् ७० वर्षको उमेरमा संसार छाडेका यी ...

सम्बन्धित सामग्री

चीनमा सीले फेरि किन रोजे वाङ् यी ?

१० साउन, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको कुटनीतिक अवधारणा ब्वाँसो झैँ आक्रामक हुनु हो ।  आक्रामक कुटनीतिबारेको चिनियाँ नीतिले भन्छ, ‘चीन सरकार वा पार्टी वा त्यसको नीतिको विरोध गर्नेहरुको निन्दाको सवालमा लडाकुझैँ द्वन्द्वात्मक शैली अपनाउनुपर्छ । ६९ वर्षीय वाङ यीसँग कुटनीतिक मामिलामा सीको विचारधारासँग ठ्याक्कै मेल खाने व्यक्तित्व छ । वृद्ध अवस्थामा उनी जति […]

“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा […]

देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने

नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा निमित्त कुलपति डा जगमान गुरुङले देवकोटाका अध्यात्म एवं भारत र चीनबीचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मुनामदनलाई चिनियाँ …

हाइपर फन्डको फन्दा

प्रविधिको विकास भएसँगै मौलाएका वित्तीय अपराधका प्रवृत्तिमा पनि व्यापक विस्तार भएको छ र त्यसैको एउटा कडीका रूपमा हाइपर फन्डमार्फत विगत केही वर्षदेखि शुरू भएको ठगी पनि एक हो । हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड विक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । हाइपर फन्ड नाम गरेको प्रच्छन्न मुद्रामा लगानी गरी उच्च प्रतिफल दिने घोषणासहित मानिसहरूलाई ठग्ने काम भइरहेको र यो योजनाको पिरामिड प्रवृत्तिको प्रकृति हेर्दा त्यसलाई अर्को प्रकारको ‘पोन्जी स्किम’ मान्न सकिन्छ । यसअन्तर्गत नयाँनयाँ लगानीकर्तालाई फसाउँदै लगिन्छ र तिनीहरूबाट प्राप्त हुने रकम पुराना लगानीकर्तालाई ‘प्रतिफल’ भन्दै वितरण गरिन्छ । जबसम्म नयाँ लगानीकर्ताहरू यस्तै प्रलोभनमा परेर लगानी गरिरहन्छन् तबसम्म त यस्तो ठगीकर्म जेनतेन ‘जीवित’ रहला, तर जुन दिन नयाँ लगानीकर्ता यसप्रति आकर्षित हुन छोड्छन्, तब यस्तो ‘ठगीको पिरामिड’ स्वतः भताभुंग हुन पुग्छ र त्यो अवस्थामा पछिपछि लगानी गर्नेहरू सबैभन्दा बढी शिकार हुन पुग्छन् । हुन त त्यसमा उच्च प्रतिफलको लोभमा लगानी गर्ने सबै नै ठगिएका हुन्छन् तापनि पुराना लगानीकर्ताले आंशिक मात्रामा भए पनि आफ्नो लगानीको कथित ‘प्रतिफल’ प्राप्त गरिसक्ने हुनाले अपेक्षाकृत नयाँ लगानीकर्ता जस्तो उनीहरू शिकार हुनु पर्दैन । वास्तवमा हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड विक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । एक प्रकारले भन्ने हो भने हाइपर फन्ड लगानीसम्बन्धी कुनै एउटा कम्पनीले विकास गरेको प्रच्छन्न मुद्रा (कृप्टो करेन्सी) हो र यसको कारोबार सञ्चालन गर्ने कम्पनी माथि कुनै पनि नियमनकारी निकायको निगरानी रहेको पाइँदैन । सन् २०१३ मा अमेरिकामा चिनियाँ नागरिक र्यान झुले शुरू गरेको ‘हाइपर टेक’ नामक कम्पनीलाई हाइपर फन्डको प्रारम्भिक स्वरूप मान्न सकिन्छ । हुन त हाइपर फन्डजस्तै प्रकृतिको कारोबार गर्ने उद्देश्यले ‘एच क्यास’ नामक प्रच्छन्न मुद्राका स्वरूपमा ‘हाइपर क्यापिटल’ नामक कम्पनी पनि स्थापना गरिएको भए तापनि पछि यस्तो अवधारणा नै अन्त्य गर्दै कम्पनीले कारोबार गर्ने सम्बद्ध वेब साइट नै बन्द गराएको पाइन्छ । ‘हाइपर टेक’ले भने डेढ वर्षअघि (जुन २०२०मा ) मात्र हाइपर फन्ड योजना प्रारम्भ गर्ने घोषणा गरेको थियो । हाइपर टेक समूहका संस्थापक झू एक सफल लगानीकर्ता तथा उद्यमी हुनुका साथै प्रच्छन्न मुद्रासँग सम्बद्ध ब्लक चेनको क्षेत्रमा समेत सफल व्यक्तित्व मानिन्छन् । उनी स्वयं आफूलाई चीनका चार जना ‘बिट क्वाइन किङ’मध्ये एक भएको दाबी गर्छन् । तर, उनले गतवर्षको प्रारम्भमा नै हाइपर फन्डमा गरेको आफ्नो लगानी फिर्ता गरेपछि उनी सर्वजनिक रूपमा हाइपर फन्डसँग आबद्ध भएको पनि पाइँदैन । त्यसो त हाइपर फन्डले पनि अहिले आफ्नो वेबसाइटमा आफ्नो कर्पोरेट कार्यालयको ठेगाना उल्लेख नगरेको सन्दर्भमा यो पनि एक प्रकारको नाम मात्रको कम्पनी (सेल कम्पनी) भएको आशंका पनि गर्न सकिन्छ । यद्यपि कतिपयले यसले आफ्नो कार्यालय अमेरिकाबाट स्थानान्तरण गरेर दुबई पुर्‍याएको दाबी पनि गरेका छन् तर त्यसलाई न त हाइपर फन्डले वा न त अन्य कुनै स्वतन्त्र निकायले नै पुष्टि गरेको छ । तर पनि यस्ता प्रकारका गतिविधि निमयन गर्ने कुनै पनि प्रकारको कानूनी प्रबन्ध नभएको कारण पोन्जीजस्ता योजना सञ्चालन गर्न दुबई स्वर्गभूमि नै मानिने भएकाले यो दाबीलाई निराधार मान्न सकिँदैन । र्यान झूसँगै कल्पेश पटेल तथा रूड्नी बर्टनलाई समेत यसका संस्थापक मानिन्छ । बेलायतका कल्पेश र अमेरिकाका बर्टनले मिलेर दुबईमा विभिन्न प्रकारका पोन्जी योजना सञ्चालन गरेका र त्यसबाट धेरै व्यक्तिहरू शिकार भएको बताइन्छ । यस्ता पृष्ठभूमिका व्यक्तिहरू संलग्न भएकाले पनि हाइपर फन्डलाई ठगी योजनाका रूपमा सजिलै बुझ्न सकिन्छ । हाइपर फन्डले भने आफूले विकेन्द्रित वित्तीय पर्यावरण विकास गरेको र यसका सदस्यहरूले यसलाई प्रच्छन्न मुद्राको व्यापक कारोबार गर्ने उपयुक्त मैदान प्रदान गरेको दाबी गरेको छ । हाइपर फन्डमा लगानी गर्नुअगाडि आफू कतै ठगीको शिकार त भइरहेको छैन भन्नेतर्फ लगानीकर्ताहरूले सोच्नुपर्ने देखिन्छ । विशेष गरी हाइपर फन्डको बारेमा निम्न लिखित तथ्यहरूको आधारमा सावधानी अपनाउनु अपरिहार्य देखिन्छ । १. हाइपर फन्ड खास गरी कुनै पनि देशमा कानूनी रूपमा दर्ता भएर कारोबार गरिएको अवस्था छैन । बेलायतदेखि न्यूजिल्यान्डसम्म र नेपालमा समेत यसको कानूनी हैसियत देखिँदैन । यसको सोझो अर्थ भनेको यदि कथं भोलि यो फन्डमा गरेको लगानीबाट कुनै लगानीकर्ता ठगीएको महसूस गर्छ भने उसले त्यस प्रकारको ठगीको कानूनी उपचार प्राप्त गर्न सक्दैन ।  २. बेलायतको वित्तीय नियामक एफसीएले समेत हाइपर फन्डलाई अनधिकृत मानेको छ । यस्तो योजनाले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिने घोषणा त गर्छन् तर त्यो प्रतिफलको स्रोत के हो भनेर कहिले पनि भन्दैनन् । यसैबाट पनि नयाँनयाँ शिकारबाट प्राप्त हुने रकम नै पुराना लगानीकर्ताको ‘प्रतिफल’ भएको बुझ्न कठिन छैन । फेरि जुन नयाँ लगानीकर्ता हुन्छ उसको प्रतिफल पनि उसले भविष्यमा बनाउने नयाँ सदस्य संख्याको आधारमा निर्धारण हुने भएपछि त्यसको पछाडिको नियत सजिलै बुझ्न सकिन्छ । ३. हाइपर फन्डको आफ्ना सदस्यहरूलाई उपलब्ध गराउने गरी कुनै पनि प्रकारको सेवा तथा वस्तुहरू अस्तित्वमा छैनन् । केवल अभौतिक प्रच्छन्न मुद्राको नाममा मात्र लगानी गर्दा त्यो लगानी ठगीको लागि उपयुक्त माध्यम मात्र बन्न सक्छ । यिनै कारणले अहिले विश्वका अधिकांश मुलुकमा हाइपर फन्ड प्रति सावधान हुन सूचित गरिएको पाइन्छ । नेपालमा पनि हाइपर फन्डमा लगानी गर्ने प्रवृति आम रूपमा फैलिसकेको देखिन्छ । फेसबुकजस्ता सामाजिक सञ्जालमै यसमा लगानी गर्नेहरूका लागि समूह बनाएर गतिविधि अगाडि बढेको सन्दर्भमा यसको ‘लोकप्रियता’ निकै नै रहेको पाइन्छ । छिट्टै उच्च प्रतिफल पाइने लोभमा नेपालीहरू पनि यसको शिकार भइरहेको सन्दर्भमा सरकारले गत असार ३० गते हाइपर फन्ड, जोसियल, क्राउड ओन, सोल म्याक्स, प्वाइन्टविस, विन्टरजस्ता नेटवर्किङ प्रकृतिका ‘अवैध’ लगानी योजनामा सहभागी भई पूँजी पलायन गर्न सहयोग गर्नेहरूलाई प्रचलित कानूनअनुसार १० लाखसम्म जरीवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेतर्फ ध्यानाकर्षण गराएको छ र त्यस्तो गतिविधिमा सामेल नहुन सचेत गराएको छ । तर, एउटा सूचनाको भरमा मात्र यस्ता ठगी नियन्त्रण गर्न नसकिने भएकाले सरकारले प्रभावकारी कदम चल्नुपर्ने देखिन्छ । लेखक बैंकर हुन् ।

विपिन रावतको मृत्यु : मोदीलाई धक्का

बुधबार हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको मृत्यु भयो । उनीसँगै दुर्घटनामा उनकी पत्नी र अन्य १३ जनाको पनि मृत्यु भयो । भारतका प्रभावशाली व्यक्तित्व रावत पूर्व सेनाप्रमुख मात्र थिएनन् प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नियुक्त भएका चीफ अफ डिफेन्स स्टाफ पनि हुन् ।भारतका पहिलो रक्षा प्रमुख रावतको विश्वका धेरै मुलुकहरूसँग सम्बन्ध सुमधुर थियो । उनी सन् २०१७ मा दोकलाम र सन् २०२० मा गलवानमा भएको युद्धमा  चिनियाँ सेनासँग लड्ने बहादुर योद्धा पनि हुन् । पछिल्लो स

नेकपामा व्यक्तित्व टकराव

चिनियाँ नेता ल्यू शाओचिले लेखेको ‘असल कम्युनिष्ट कसरी बन्ने ?’ पुस्तकमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) मा किन चिनियाँ नागरिक आकर्षित भए भन्ने ‘फ्याल्सब्याक’ पनि छ । साम्यवाद, सर्वहारावर्गको शासन जस्ता शब्दावली बुझेरमात्र उनीहरू पार्टीमा आकर्षित भएका थिएनन् । एउटा विश्वास थियो–कम्युनिष्ट पार्टीले चीन बचाउँछ ।’ शायद उनीहरूले जापानविरुद्ध चीनको लडाइँ अनि क्रान्तिकारीहरूको व्यवहार देखेका थिए र कम्युनिष्ट नेतृत्वप्रति विश्वास जाग्यो । माओ, देङ स्याओपिङदेखि वर्तमान राष्ट्रपति सी चिनफिङप्रतिको निरन्तरको विश्वास त्यसैको प्रमाण हो । पश्चिमाले ढाल्न प्रयोग गरेका पूर्वाग्रही सूचनाका निरन्तर प्रवाहले बेइजिङ विभाजित भएन । सिञ्जियाङ, ताइवान, तिब्बत र हङकङबाट छेड्न खोजेको युद्ध पनि सफल भएको छैन ।

कोरोनासँग पराजित चर्चित व्यक्तित्व

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ । गत डिसेम्बरमा चिनियाँ डाक्टर ली वेनलियाङले

चीनकी पहिलाे ट्र्याक्टर चालक महिला तथा राष्ट्रिय व्यक्तित्व लियाङ्ग जुनकाे निधन

काठमाण्डौ –चीनकी पहिलो ट्र्याक्टर चालक महिला तथा राष्ट्रिय व्यक्तित्व लियाङ्ग जुनको ९० वर्षको उमेरमा निधन भएको छ ।  सन् १९४८ मा उनले चिनियाँ महिलालाई जागिरमा सहभागी गराइन्, जतिबेला उनी ट्र्याक्टरको चालकको लागि प्रशिक्षण लिइरहेकी थिइन् । त्यसको एक दशकभन्दा बढी समयपछि चीनको एक–युआन बैंकले नोटमा उनले...

किन चीन अमेरिकाको खाटी दुस्मन ?

अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि पहिलेको तुलनामा चीनसँगको अमेरिकी दुस्मनीमा थप वृद्धि भएको छ । हाल ट्रम्प प्रशासनको वैदेशिक नीति एजेन्डामा चीनलाई अमेरिकाको एक नम्बरको दुस्मनको सूचीमा समावेश गरिएको छ । रोयटर्सले केही महिनाअगाडि गरेको खोजमूलक प्रतिवेदनका अनुसार चिनियाँ नेता सी जिनपिङले चिनियाँ पिपुल्स लिबरेसन आर्मीलाई अमेरिकी शक्तिसँगको अन्तर कम गर्ने बताइसकेका छन् र केही महत्वपूर्ण क्षेत्रमा उछिनि पनि सकेको छ । प्रशस्त संख्याका अमेरिकी व्यक्तित्व, अधिकारी र राजनीतिज्ञले पनि समान किसिमको चेतावनी दिएका छन् ।