देवकोटा सङ्ग्रहालय परिसरमा वाङ्मय मूर्ति स्थापना गरिने

नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौँ महानगरपालिका–३० मैतीदेवीस्थित लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय परिसरमा देवकोटा वाङ्मय मूर्ति स्थापना गर्ने भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्तीका अवसरमा आयोजित व्यक्तित्व चर्चा तथा रचना वाचन कार्यक्रममा निमित्त कुलपति डा जगमान गुरुङले देवकोटाका अध्यात्म एवं भारत र चीनबीचको मैत्री सम्बन्ध झल्कने वाङ्मय मूर्ति स्थापना गर्न लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । मुनामदनलाई चिनियाँ …