अमेरिकामा डोनाल्ड ट्रम्प सत्तामा आएपछि पहिलेको तुलनामा चीनसँगको अमेरिकी दुस्मनीमा थप वृद्धि भएको छ । हाल ट्रम्प प्रशासनको वैदेशिक नीति एजेन्डामा चीनलाई अमेरिकाको एक नम्बरको दुस्मनको सूचीमा समावेश गरिएको छ ।
रोयटर्सले केही महिनाअगाडि गरेको खोजमूलक प्रतिवेदनका अनुसार चिनियाँ नेता सी जिनपिङले चिनियाँ पिपुल्स लिबरेसन आर्मीलाई अमेरिकी शक्तिसँगको अन्तर कम गर्ने बताइसकेका छन् र केही महत्वपूर्ण क्षेत्रमा उछिनि पनि सकेको छ । प्रशस्त संख्याका अमेरिकी व्यक्तित्व, अधिकारी र राजनीतिज्ञले पनि समान किसिमको चेतावनी दिएका छन् ।