हाइपर फन्डको फन्दा

प्रविधिको विकास भएसँगै मौलाएका वित्तीय अपराधका प्रवृत्तिमा पनि व्यापक विस्तार भएको छ र त्यसैको एउटा कडीका रूपमा हाइपर फन्डमार्फत विगत केही वर्षदेखि शुरू भएको ठगी पनि एक हो । हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड विक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । हाइपर फन्ड नाम गरेको प्रच्छन्न मुद्रामा लगानी गरी उच्च प्रतिफल दिने घोषणासहित मानिसहरूलाई ठग्ने काम भइरहेको र यो योजनाको पिरामिड प्रवृत्तिको प्रकृति हेर्दा त्यसलाई अर्को प्रकारको ‘पोन्जी स्किम’ मान्न सकिन्छ । यसअन्तर्गत नयाँनयाँ लगानीकर्तालाई फसाउँदै लगिन्छ र तिनीहरूबाट प्राप्त हुने रकम पुराना लगानीकर्तालाई ‘प्रतिफल’ भन्दै वितरण गरिन्छ । जबसम्म नयाँ लगानीकर्ताहरू यस्तै प्रलोभनमा परेर लगानी गरिरहन्छन् तबसम्म त यस्तो ठगीकर्म जेनतेन ‘जीवित’ रहला, तर जुन दिन नयाँ लगानीकर्ता यसप्रति आकर्षित हुन छोड्छन्, तब यस्तो ‘ठगीको पिरामिड’ स्वतः भताभुंग हुन पुग्छ र त्यो अवस्थामा पछिपछि लगानी गर्नेहरू सबैभन्दा बढी शिकार हुन पुग्छन् । हुन त त्यसमा उच्च प्रतिफलको लोभमा लगानी गर्ने सबै नै ठगिएका हुन्छन् तापनि पुराना लगानीकर्ताले आंशिक मात्रामा भए पनि आफ्नो लगानीको कथित ‘प्रतिफल’ प्राप्त गरिसक्ने हुनाले अपेक्षाकृत नयाँ लगानीकर्ता जस्तो उनीहरू शिकार हुनु पर्दैन । वास्तवमा हाइपर फन्डले आफ्नो परिवर्तनीय (कन्भर्टिकल) बन्ड विक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गर्छ । त्यो बन्ड किनेबापत कुनै पनि व्यक्तिले तिर्ने रकम हरेक वर्ष १० गुणा बढी प्रतिफलसहित फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरिएको हुन्छ । एक प्रकारले भन्ने हो भने हाइपर फन्ड लगानीसम्बन्धी कुनै एउटा कम्पनीले विकास गरेको प्रच्छन्न मुद्रा (कृप्टो करेन्सी) हो र यसको कारोबार सञ्चालन गर्ने कम्पनी माथि कुनै पनि नियमनकारी निकायको निगरानी रहेको पाइँदैन । सन् २०१३ मा अमेरिकामा चिनियाँ नागरिक र्यान झुले शुरू गरेको ‘हाइपर टेक’ नामक कम्पनीलाई हाइपर फन्डको प्रारम्भिक स्वरूप मान्न सकिन्छ । हुन त हाइपर फन्डजस्तै प्रकृतिको कारोबार गर्ने उद्देश्यले ‘एच क्यास’ नामक प्रच्छन्न मुद्राका स्वरूपमा ‘हाइपर क्यापिटल’ नामक कम्पनी पनि स्थापना गरिएको भए तापनि पछि यस्तो अवधारणा नै अन्त्य गर्दै कम्पनीले कारोबार गर्ने सम्बद्ध वेब साइट नै बन्द गराएको पाइन्छ । ‘हाइपर टेक’ले भने डेढ वर्षअघि (जुन २०२०मा ) मात्र हाइपर फन्ड योजना प्रारम्भ गर्ने घोषणा गरेको थियो । हाइपर टेक समूहका संस्थापक झू एक सफल लगानीकर्ता तथा उद्यमी हुनुका साथै प्रच्छन्न मुद्रासँग सम्बद्ध ब्लक चेनको क्षेत्रमा समेत सफल व्यक्तित्व मानिन्छन् । उनी स्वयं आफूलाई चीनका चार जना ‘बिट क्वाइन किङ’मध्ये एक भएको दाबी गर्छन् । तर, उनले गतवर्षको प्रारम्भमा नै हाइपर फन्डमा गरेको आफ्नो लगानी फिर्ता गरेपछि उनी सर्वजनिक रूपमा हाइपर फन्डसँग आबद्ध भएको पनि पाइँदैन । त्यसो त हाइपर फन्डले पनि अहिले आफ्नो वेबसाइटमा आफ्नो कर्पोरेट कार्यालयको ठेगाना उल्लेख नगरेको सन्दर्भमा यो पनि एक प्रकारको नाम मात्रको कम्पनी (सेल कम्पनी) भएको आशंका पनि गर्न सकिन्छ । यद्यपि कतिपयले यसले आफ्नो कार्यालय अमेरिकाबाट स्थानान्तरण गरेर दुबई पुर्‍याएको दाबी पनि गरेका छन् तर त्यसलाई न त हाइपर फन्डले वा न त अन्य कुनै स्वतन्त्र निकायले नै पुष्टि गरेको छ । तर पनि यस्ता प्रकारका गतिविधि निमयन गर्ने कुनै पनि प्रकारको कानूनी प्रबन्ध नभएको कारण पोन्जीजस्ता योजना सञ्चालन गर्न दुबई स्वर्गभूमि नै मानिने भएकाले यो दाबीलाई निराधार मान्न सकिँदैन । र्यान झूसँगै कल्पेश पटेल तथा रूड्नी बर्टनलाई समेत यसका संस्थापक मानिन्छ । बेलायतका कल्पेश र अमेरिकाका बर्टनले मिलेर दुबईमा विभिन्न प्रकारका पोन्जी योजना सञ्चालन गरेका र त्यसबाट धेरै व्यक्तिहरू शिकार भएको बताइन्छ । यस्ता पृष्ठभूमिका व्यक्तिहरू संलग्न भएकाले पनि हाइपर फन्डलाई ठगी योजनाका रूपमा सजिलै बुझ्न सकिन्छ । हाइपर फन्डले भने आफूले विकेन्द्रित वित्तीय पर्यावरण विकास गरेको र यसका सदस्यहरूले यसलाई प्रच्छन्न मुद्राको व्यापक कारोबार गर्ने उपयुक्त मैदान प्रदान गरेको दाबी गरेको छ । हाइपर फन्डमा लगानी गर्नुअगाडि आफू कतै ठगीको शिकार त भइरहेको छैन भन्नेतर्फ लगानीकर्ताहरूले सोच्नुपर्ने देखिन्छ । विशेष गरी हाइपर फन्डको बारेमा निम्न लिखित तथ्यहरूको आधारमा सावधानी अपनाउनु अपरिहार्य देखिन्छ । १. हाइपर फन्ड खास गरी कुनै पनि देशमा कानूनी रूपमा दर्ता भएर कारोबार गरिएको अवस्था छैन । बेलायतदेखि न्यूजिल्यान्डसम्म र नेपालमा समेत यसको कानूनी हैसियत देखिँदैन । यसको सोझो अर्थ भनेको यदि कथं भोलि यो फन्डमा गरेको लगानीबाट कुनै लगानीकर्ता ठगीएको महसूस गर्छ भने उसले त्यस प्रकारको ठगीको कानूनी उपचार प्राप्त गर्न सक्दैन ।  २. बेलायतको वित्तीय नियामक एफसीएले समेत हाइपर फन्डलाई अनधिकृत मानेको छ । यस्तो योजनाले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिने घोषणा त गर्छन् तर त्यो प्रतिफलको स्रोत के हो भनेर कहिले पनि भन्दैनन् । यसैबाट पनि नयाँनयाँ शिकारबाट प्राप्त हुने रकम नै पुराना लगानीकर्ताको ‘प्रतिफल’ भएको बुझ्न कठिन छैन । फेरि जुन नयाँ लगानीकर्ता हुन्छ उसको प्रतिफल पनि उसले भविष्यमा बनाउने नयाँ सदस्य संख्याको आधारमा निर्धारण हुने भएपछि त्यसको पछाडिको नियत सजिलै बुझ्न सकिन्छ । ३. हाइपर फन्डको आफ्ना सदस्यहरूलाई उपलब्ध गराउने गरी कुनै पनि प्रकारको सेवा तथा वस्तुहरू अस्तित्वमा छैनन् । केवल अभौतिक प्रच्छन्न मुद्राको नाममा मात्र लगानी गर्दा त्यो लगानी ठगीको लागि उपयुक्त माध्यम मात्र बन्न सक्छ । यिनै कारणले अहिले विश्वका अधिकांश मुलुकमा हाइपर फन्ड प्रति सावधान हुन सूचित गरिएको पाइन्छ । नेपालमा पनि हाइपर फन्डमा लगानी गर्ने प्रवृति आम रूपमा फैलिसकेको देखिन्छ । फेसबुकजस्ता सामाजिक सञ्जालमै यसमा लगानी गर्नेहरूका लागि समूह बनाएर गतिविधि अगाडि बढेको सन्दर्भमा यसको ‘लोकप्रियता’ निकै नै रहेको पाइन्छ । छिट्टै उच्च प्रतिफल पाइने लोभमा नेपालीहरू पनि यसको शिकार भइरहेको सन्दर्भमा सरकारले गत असार ३० गते हाइपर फन्ड, जोसियल, क्राउड ओन, सोल म्याक्स, प्वाइन्टविस, विन्टरजस्ता नेटवर्किङ प्रकृतिका ‘अवैध’ लगानी योजनामा सहभागी भई पूँजी पलायन गर्न सहयोग गर्नेहरूलाई प्रचलित कानूनअनुसार १० लाखसम्म जरीवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुनेतर्फ ध्यानाकर्षण गराएको छ र त्यस्तो गतिविधिमा सामेल नहुन सचेत गराएको छ । तर, एउटा सूचनाको भरमा मात्र यस्ता ठगी नियन्त्रण गर्न नसकिने भएकाले सरकारले प्रभावकारी कदम चल्नुपर्ने देखिन्छ । लेखक बैंकर हुन् ।

सम्बन्धित सामग्री

क्रिप्टोकरेन्सी र हाइपर फन्डको कारोबार नगर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैरकानुनी रहेको बताएको छ । सोमबार बैंकले एक सूचना जारी गर्दै नेपालमा विदेशी मुद्राको रुपमा भर्चुअल करेन्सी र क्रिप्टोकरेन्सी(स्टेबल क्वाइन समेत)ले कानुनी मान्यता नपाएको जनाएको छ । यस्तो कारोबार गैरकानुनी रहेको केन्द्रीय बैंकले जनाएको छ ।

भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार नगर्नू

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डको कारोबार गैर कानुनी रहेको बताएको छ । सोमबार केन्द्रीय बैङ्कले एक सूचना जारी गर्दै नेपालमा विदेशी विनिमय वा मुद्राको रूपमा भर्चुअल करेन्सी/क्रिप्टोकरेन्सी (स्टेबल क्वाइन समेत) ले कानुनी मान्यता नपाएको जनाएको छ । यस्ता करेन्सी नेपालमा कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानत प्राप्त […]

क्रिप्टो, हाइपर फन्डजस्ता कारोबार नियन्त्रणमा सरकार

काठमाडौं, चैत २। क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारको नियन्त्रणमा सरकारले सक्रियता देखाएको छ । पछिल्ला दिनमा क्रिप्टो लगायत कारोबार गर्ने माध्यमदेखि कारोबार गर्नेहरू समेत नियन्त्रणमा आउन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत कारोबारको एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ भने प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले मंगलवार मात्रै […]

क्रिप्टो, हाइपर फन्डजस्ता कारोबार नियन्त्रणमा सरकार

काठमाडौं  । क्रिप्टो, हाइपर फन्डजस्ता कारोबारको नियन्त्रणमा सरकारले सक्रियता देखाएको छ । पछिल्ला दिनमा क्रिप्टो लगायत कारोबार गर्ने माध्यमदेखि कारोबार गर्नेहरू समेत नियन्त्रणमा आउन थालेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत कारोबारको एप र वेबसाइट बन्द गर्ने प्रक्रिया थालेको छ भने प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले मंगलवार मात्रै त्यस्तो कारोबारमा संलग्नमाथि मुद्दा चलाएको छ । नेपालबाट अवैध रूपमा रकम बाहिरिनुका साथै डिजिटल नेटवर्किङमा ठगी बढेपछि सरकारले नियन्त्रणको काम अघि बढाएको हो । सञ्चार मन्त्रालयको निर्णय अनुसार इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेर अवैध वित्तीय कारोबार हुने एपहरू बन्द गर्न निर्देशन दिइएको नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले बताए । उनका अनुसार क्रिप्टोकरेन्सी, हाइपर फन्डलगायत अवैध आर्थिक कारोबार गर्ने कुनै पनि एप अब नेपालमा चल्नेछैनन् । ‘एपबाटै नेपालमा अवैध कारोबार भएको पाइएकाले बन्द गराउन निर्देशन दिइएको हो,’ उनले भने । अर्थमन्त्री जनार्दन शर्माले बजेटको अर्धवार्षिक समीक्षाका बेला क्रिप्टोकरेन्सी, अनलाइन जुवा लगायत अवैध कारोबार बढेको भन्दै सरकारले यसलाई रोक्ने तयारी गरिरहेको बताएका थिए । यसको नियन्त्रणका सम्बन्धमा सूचना तथा सञ्चार र अर्थ मन्त्रालयले प्राधिकरणलाई पत्राचार गरेका थिए । सिंगापुरको ‘क्रिप्टो पेमेन्ट गेटवे ट्रिपल ए’ले सार्वजनिक गरेको एक प्रतिवदेनअनुसार नेपालमा १ दशमलव ४५ प्रतिशत जनसंख्या क्रिप्टोकरेन्सीका कारोबारी छन् । विश्वभर भएका क्रिप्टोकरेन्सी प्रयोगकर्ताबारे गरिएको अध्ययनअनुसार नेपालमा त्यो संख्या ४ लाख २३ हजार ८ सय ४० जना छ । भारतले यस्तो कारोबारलाई करको दायरामा ल्याएर आफ्नो औपचारिक अर्थतन्त्रमा जोड्न थालिसक्दा नेपाल भने नियन्त्रणकै बाटोमा छ । सरकारले प्रतिबन्ध लगाएको डिजिटल करेन्सी क्रिप्टोमा लगानी गरेको तथा विभिन्न मोबाइल एप्लिकेसनमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटहीमा संग्लन पुस्कर श्रेष्ठ र विनीता लिम्बूलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । उनीहरूले एक्सबिट, बाइनान्स एडीभी क्यास, क्वाइनबेस र प्याक्सफुल नामक मोबाइल एप्लिकेसन प्रयोग गरी अमेरिकी डलरसम्बन्धी कसुर गरेको प्रमाण फेला परेपछि ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो माग दाबीसहित मंगलवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो ।

क्रिप्टो, हाइपर फण्डबारे विस्तृत अनुसन्धान थालिने

काठमाडौं । क्रिप्टो, हाइपर फण्ड र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा सहसचिव भूपाल बरालको नेतृत्वमा मंगलवार बसेको बैठकले पीडितहरूले प्रहरीमा गरेको उजुरीलाई आधार मान्दै थप अनुसन्धान थाल्ने निर्णय गरेको हो । राजस्व अनुसन्धान विभागले ३७ करोड बिगोसहित रूपमा कैलालीका दिनेश खड्काविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि क्रिप्टो कारोबारको विषय बाहिर आएको थियो । महानगरीय अपराध महाशाखाको टोलीले माघ ६ गते क्रिप्टो करेन्सी गरेको अभियोगमा तीनजनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरेको थियो । त्यस्तै माघ १८ गते महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई नियन्त्रणमा लिएको थियो । अधिकारीले प्रयोग गर्ने मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोको कारोबार भएको खुलेको थियो । त्यस्तै, पुस १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले क्रिप्टोमा प्रयोग हुने ३० ओटा डिभाइस समेत बरामद गरेको थियो । अहिलेसम्म यो डिभाइस कसले मगायो भन्ने खुलेको छैन । यिनै घटनाक्रमले नेपालभित्र क्रिप्टो लगायत भच्र्युअल मुद्राको कारोबार व्यापक रूपमा चलिरहेको आकलनमा कार्यदल गठन गरिएको थियो । समितिको बैठकले क्रिप्टो, हाइपर फण्डलगायतका विषयमा देशभित्र भएका गतिविधिबारे छलफल गरेको र क्रिप्टोको अवस्था, प्रयोगकर्ता, अर्थतन्त्रमा परेको असरबारे सम्बन्धित निकायलाई जानकारी लिन समेत आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले पनि यस्ता कुनै पनि कारोबार नगर्न सर्वसाधारणलाई आग्रह गरिसकेको छ । यस्तो गतिविधि गरेको पुष्टि भएमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९६ अनुसार दण्ड सजाय हुने समेत केन्द्रीय बैंकले बताएको छ ।

क्रिप्टोकरेन्सी तथा हाइपर फण्ड अवैध हुन्, कारोबार नगर्नू: राष्ट्र बैंक

नेपालमा क्रिप्टोकरेन्सी, हाइपर फण्ड, भर्चुअल करेन्सी तथा नेटवर्क मार्केटिङ अवैध भएकोले कारोबार नगर्न नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेको छ ।  नेपालमा यसको अवैध कारोबार हुने गरेको र सर्वसाधारण ठगिने गुनासो आउन थालेपछि राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्र्दै यस्तो कारोबार नगर्न आग्रह गरेको छ । कसैले यस्तो सूचनाको बेवास्ता गरी अवैध कारोबार गरेको पाइएमा कानून बमोजिम कारवाही हुने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।  छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सीसहितको ...

क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल लगायतमा आवद्ध भएर कारोबार गरे कारवाही हुने

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड, जोसियल, काउड वान लगायतमा आवद्ध भएर कारोबार  गरे कारवाही हुने चेतावनी दिएको छ । आईतबार एक विज्ञप्ती जारी गर्दै राष्ट्र बैंकले हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई क्रिप्टोकरेन्सी तथा परामिड शैलीको व्यवसाय गैरकानूनी रहेको जनाएको हो ।  राष्ट्र बैंकको विज्ञप्ती भनिएको छ, ‘हालका दिनहरूमा छोटो...

के हो फैलँदो क्रममा रहेको ‘हाइपर फन्ड ?

कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए ।  अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ । डिसेम्बरदेखि ‘हाइपर भर्स’ को रुपमा रुपान्तरण भएको छ । कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन् । हाइपर भर्स अनलाइन नेटवर्किङ बिजनेश हो । यसले बस्तु तथा सेवाको बिक्री भने गर्दैन । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ । हाइपर फन्ड क्रिप्टोकरेन्सी बिजनेस हो । परिवर्तनीय बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्...