काठमाण्डाै – सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बाेटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिनुभयो ।
बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा प...