१८ करोड कर छली गरेको आरोपमा चार जना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता

वास्तविक कारोबार नगरी कर छली गरेको आरोपमा ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिविरुद्ध राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।  उक्त कम्पनीका सञ्चालक चन्द्रबहादुर अधिकारीसहित व्यवस्थापनक सुरेन्द्र केसी र सुमन क्षेत्रीले व्यावसायिक रुपमा गरेको सम्झौताअनुसार प्राप्त हुने आयलाई लुकाएर वास्तविक कारोबार नदेखाएर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको विभागले बताएको छ ।  स्टार इण्डिया प्रालि भारतका आधिकारिक  विक्रेता जुपिटर मिडिया प्रालिका प्रोपाइटर अञ्जली अरोरा समेतको मिलेमतोमा म...