नक्कली बिल प्रयोग गरेर १ अर्ब कर छली, लेखापरीक्षक विरुद्ध समेत मुद्दा

काठमाडौं । नक्कली बिलबिजक प्रयोग गरी कर छली गरेको आरोपमा एउटै व्यक्तिविरुद्ध १ अर्ब भन्दा बढीको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले सर्लाहीका सरोजकुमार मिश्रविरुद्ध यस्तो मुद्दा चलाएको हो । ९ वटा कम्पनीको खाता सञ्चालन गर्ने मिश्रले ती कम्पनीहरुबाट मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र लाभांश कर समेत गरी उक्त रकम बराबरको आयकर छली भएको देखिएको भन्दै विभागले सो बराबरको बिगोसहित पाटन उच्च अदालतमा मुद्दा चलाएको हो । विभागले प्रतिवादी मिश्रका साथसाथै कर छलीमा उनलाई सहयोग गरेको आरोपमा मिश्रका