नेकपा माओवादी केन्द्रले जारी आठौं महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले राखेको फरक मतलाई फरक मतकै रुपमा लिदै त्यसबारे पार्टीमा बहस गर्ने भएको छ । शुक्रबारको बन्दसत्रपछि आयोजित मिडिया व्रिफिङका क्रममा प्रवक्ता कृष्णबहादुर महराले शुक्रबारको बन्दसत्रले गरेका निर्णयहरूबारे जानकारी गराउँदै सो कुरा बताएका हुन् । ‘अध्यक्षको प्रतिवेदनमाथि आएका धेरै सुझाव या प्रश्नहरु प्रतिवेदनको मुल स्पिरिट ठिक छ भन्ने आएका छन्, बाँकी केही सुझावहरु पनि आएका छन्, ती सुझावलाई अध्यक्षले स्वीकार गर्नुभएको छ&rs