रुपन्देही–२ बाट विष्णु पौडेल गरे उम्मेदवारी दर्ता

रुपन्देही – एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ। उपाध्यक्ष पौडेलले प्रतिनिधिसभा सदस्यका लागि रुपन्देही २ बाट उम्मेदवारी दर्ता गरेका हुन्।

सम्बन्धित सामग्री

एमालेको गण्डकी अधिवेशनमा १६५ पदका लागि ३८२ जनाको उम्मेदवारी, २७ जना निर्विरोध

१७ असोज, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा अन्तत प्यानलगत रुपमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर पदाधिकारीमा प्यानलसहित चुनावमा होमिएका हुन् । दुबैतिर प्यानल लिस्टमा नभएका अर्जुनकुमार सुनामले पनि उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् । तर, उनी […]

रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा ८६ जनाले दिए उम्मेदवारी

रुपन्देहीमा ५ प्रतिनिधि सदस्य लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० प्रदेश सभा सदस्यको लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन् । डा. निकलेश भुसालदेखि  घनश्याम  भुसालसम्म स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले परित्याग गरेका भुसाल गठबन्धनको समर्थनमा  उम्मेदवार  बनेका छन् ।सबै भन्दा बढी उम्मेदवारी दर्ता क्षेत्र नम्बर ३ मा भएको

रावलको प्रस्तावकमा बजगाइ, समर्थकमा विष्ट

नेकपा एमालेका नेता भीमबहादुर रावलले १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा महादेव बजगाइ र समर्थकमा दुधकला विष्ट रहेका छन् । रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि केपी ओली पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।

अध्यक्षमा ओली र रावलको उम्मेदवारी दर्ता

काठमाण्डाै - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिनुभएको छ ।  सर्वसम्मत अध्यक्षको लागि प्रयास गरे पनि रावलले अस्वीकार गरेपछि ओली रावलसँग प्रतिस्पर्धा गर्न बाध्य हुनुभएको हो । आज चुनावी प्रक्रिया सुरु भएलगत्तै रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । त्यसपछि ओलीले पनि अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शङ्कर पोखरेल रहनुभएको छ । गएराति मध्यरातसम्म सहमतिको कोसिस गरे पनि लोकतान्त्रिक प्रक्रिय...

अध्यक्षका लागि ओली र रावलको उम्मेद्वारी दर्ता

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि केपी ओली र भीम रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल छन् भने समर्थमा  शंकर पोखरेल छन्...

ओलीको प्रस्तावकमा विष्णु र समर्थकमा शंकर

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।  सोमबार विहान ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवारी पौडेल प्रस्तावक बसेका छन् भने महासचिवका उम्मेदवार पोखरेल समर्थक रहेका छन् ।  यसअघि एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन् । योसँग ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

एमाले महाधिवेशन: एमाले अध्यक्षमा ओलीको उम्मेदवारी, रावलसँग प्रतिस्पर्धा हुने

केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

उपाध्यक्षका उम्मेदवारद्वय पौडेल र भुसालको जम्काभेट, दुवैले आपसमा भोट मागे

चितवन । एमालेको जारी १० औं महाधिवेशन अन्तरगत उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका नेताद्वय विष्णु पौडेल र घनश्याम भुसालले आपसमा भोट मागेका छन् । उम्मेदवारी दर्ता गरेर निस्कनै लाग्दा जम्काभेट भएका उनीहरुले आपसमा भोट मागेका हुन् । पौडेल महासचिवका दाबेदार थिए । उनलाई अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारीमा पनि उपाध्यक्ष नै […]

भीम रावलले दिए अध्यक्षमा उम्मेदवारी, के गर्छन् सुवास नेम्बाङ र विष्णु पौडेल?

सौराह – पदाधिकारीको सूचीमा नाम छुटाइएका नेता भीम रावलले एमाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। उनले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। सर्वसम्मत नेतृत्व चयन गर्न सकसपूर्ण अवस्थाले महाधिवेशन लम्ब्याएरै भए पनि एमालेले आज निर्वाचन प्रक्रियालाई अघि बढाएको छ। महाधिवेशनको बन्दसत्रले अध्यक्ष ओलीलाई नयाँ नेतृत्व चयन गर्ने सर्वाधिकार दिँदा पनि उनले […]