रावलको प्रस्तावकमा बजगाइ, समर्थकमा विष्ट

नेकपा एमालेका नेता भीमबहादुर रावलले १० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा महादेव बजगाइ र समर्थकमा दुधकला विष्ट रहेका छन् । रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने भएपछि केपी ओली पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।