केपी शर्मा ओलीले नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान उनले दसौं महाधिवेशनको बन्दसत्रस्थलमा रहेको केन्द्रीय निर्वाचन कार्यालयमा पुगेर अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।