रुपन्देहीका ५ निर्वाचन क्षेत्रमा ८६ जनाले दिए उम्मेदवारी

रुपन्देहीमा ५ प्रतिनिधि सदस्य लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै १० प्रदेश सभा सदस्यको लागि ११२ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।गृहमन्त्री बालकृष्ण खाणदेखि एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीबाट चुनावी मैदानमा उत्रिएका छन् । डा. निकलेश भुसालदेखि  घनश्याम  भुसालसम्म स्वतन्त्र उम्मेदवार बनेका छन् । एमाले परित्याग गरेका भुसाल गठबन्धनको समर्थनमा  उम्मेदवार  बनेका छन् ।सबै भन्दा बढी उम्मेदवारी दर्ता क्षेत्र नम्बर ३ मा भएको

सम्बन्धित सामग्री

सबैभन्दा कमले उम्मेदवारी १० निर्वाचन क्षेत्र

काठमाडौं – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन्। निर्वाचन आयोगका अनुसार सबैभन्दा कम संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमा हुम्लाको निर्वाचन क्षेत्र नं.१, मनाङको निर्वाचन क्षेत्र नं.१, मुस्ताङको निर्वाचन क्षेत्र नं.१, अछामको निर्वाचन क्षेत्र नं.२, बाजुराको निर्वाचन क्षेत्र नं.१, दैलेखको […]

उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचनमा भाग लिनका लागि उम्मेदवारी दिएको व्यक्ति योग्य हो वा होइन भन्नेकुराको निर्णय गर्ने अधिकार निर्वाचन अधिकृतलाई रहेको बताएको छ । आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी रद्द गर्ने अधिकार निर्वाचन अधिकृतलाई भएको बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका डा. कमल भुसालको उम्मेदवारी किन […]

देउवाको निर्वाचन क्षेत्रमा एमालेको उम्मेदवारी फिर्ता

डडेल्धुरा : डडेल्धुरामा पाँचजना उम्मेदवारले आफ्नो मनोनयन फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका ३ र प्रदेशसभातर्फ उम्मेदवारी दिएका २ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।प्रतिनिधिसभातर्फ एमालेबाट उम्मेदवार बनेका चक्रप्रसाद स्नेही, स्वतन्त्र दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालीप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनपछि स्नेहीको

धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीको उम्मेदवारी

जनकपुरधाम : धनुषाका चार निर्वाचन क्षेत्रमा सात पूर्वमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन्। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा पाँचदलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी दर्ता गराए। एमाले–जसपा गठबन्धनका तर्फबाट जसपाका नेता दिपक कार्कीले उम्मेदवारी दिए।धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दलको गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रामकृष्ण यादव उम्मेदवारी दर्ता गराए। यसै क्षेत्रमा हालै एमाले प्रवेश गरेका पूर्वमन्त

दाङका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता

दाङ । सत्ता गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारहरूले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दाङका तीन वटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले उम्मेदवारी दर्ता गराउनुभयो । लमहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो तीन बजे उहाँले आफ्नो उम्मेदवारी […]

एन्फा निर्वाचन : दुई उम्मेदवारी खारेज

अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका दुई जनाको उम्मेदवारी खारेज भएको छ । सदस्य पदका उम्मेदवार शम्भु सिंह ठकुरी र रमेश श्रेष्ठको उम्मेदवारी खारेज भएको छ ।समयभन्दा ढिला भौचर बुझाएका दुई जनाको उम्मेदवारी रद्ध भएको निर्वाचन समितिका सदस्य बद्री भट्टराईले रातोपाटीलाई जानकारी दिए । ‘नागरिकता र मनोनयन फारम बुझाएर जानुभएको उहाँहरुले भौचर समयमै भौचर ल्याउनु भएको छैन रैछ । उम्मेदवारी मनोनयनको ६ देखि १२ गतेसम्म भौचर बुझाएको देखिएन । त्यसैले उहाँहरुको मनो

एन्फा निर्वाचन: दुई सदस्यको उम्मेदवारी खारेज

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० को आगामी ६ असारमा हुने निर्वाचनमा उम्मेदवारी दिएका दुई सदस्यको उम्मेदवारी खारेज भएको छ । एन्फाको निर्वाचन कमिटीले इन्टीग्रीटी परीक्षणमा कैफियत देखिएकोले दुई सदस्यको उम्मेदवारी खारेज गरेको जनाएको छ । रद्द हुने उम्मेदवारमा रमेश कुमार श्रेष्ठ र शम्भुबहादुर सिंह ठकुरी रहेका छन् । यससँगै सदस्य उम्मेदवारी ३४ रहेको छ […]