ओलीको प्रस्तावकमा विष्णु र समर्थकमा शंकर

नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीको प्रस्तावकमा विष्णु पौडेल र समर्थकमा शंकर पोखरेल बसेका छन् ।  सोमबार विहान ओलीले उम्मेदवारी दर्ता गराउँदा उपाध्यक्षका उम्मेदवारी पौडेल प्रस्तावक बसेका छन् भने महासचिवका उम्मेदवार पोखरेल समर्थक रहेका छन् ।  यसअघि एमाले अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन् । योसँग ओली र रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।