एमालेको गण्डकी अधिवेशनमा १६५ पदका लागि ३८२ जनाको उम्मेदवारी, २७ जना निर्विरोध

१७ असोज, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशनमा अन्तत प्यानलगत रुपमा नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूह र महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधर पदाधिकारीमा प्यानलसहित चुनावमा होमिएका हुन् । दुबैतिर प्यानल लिस्टमा नभएका अर्जुनकुमार सुनामले पनि उपसचिवमा उम्मेदवारी दर्ता गराएका छन् । तर, उनी […]