२१०० को मनोवैज्ञानिक विन्दुबाट पनि तल झर्‍यो नेप्से, सबै समूहगत परिसूचक राताम्मे

जेठ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको २ हजार ११३ दशमलव १३ विन्दुबाट खुलेको बजार यस दिन १ दशमलव ६० प्रतिशतले घटेको हो ।  यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर २६ हजार ६९३ पटकमा रू. १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ बराबरको शेयर खरीदविक्री भएको छ ।  नेप्से परिसूचक लगातार पाँचौ दिन पनि घटेको छ । शेयर बजार निरन्तर घट्दै २ हजार १०० विन्दुभन्दा पनि तल आएको छ । यो विन्दु पछिल्लो डेढ वर्ष यताकै सबैभन्दा न्यून विन्दु हो । कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये उपकार लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७५७ पुगेको हो ।  त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. १६८ कायम भएको छ ।  शुक्रवार सबैभन्दा बढी किसान लघुवित्तको शेयरमूल्य ८ दशमलव ८५ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार २५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको हो । उक्त कम्पनीको रू. ६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा नागरिक लगानी कोषको रू. ४ करोड २ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्येसबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यस दिन व्यापार र नीर्जिवन बीमा उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । व्यापार समूहको परिसूचक २ दशमलव ५६ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ३४ प्रतिशतका दरले घटेसँगै सर्वाधिक गुमाएका हुन् ।   समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको १ दशमलव ६८ प्रतिशत, व्यापार समूहको २ दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ३ प्रतिशत, वित्त समूहको १ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको १ दशलमव ४४ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशलमव ७४ प्रतिशत र लगानी समूहको १ दशमलव ९१ प्रतिशतका दरले घटेको हो ।

सम्बन्धित सामग्री

एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, २१ सय विन्दुमुनि झर्‍यो परिसूचक

काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ । मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।   विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ । पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।  मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।  ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत घटेको छ ।  मंगलवार कारोबारमा आएका २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटकमा रू. १ अर्ब ९२ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९८ पुगेको हो ।  शेयर मूल्य सर्वाधिक बढ्न् कम्पनीको सूचीमा दोस्रोमा सिक्लेस हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य १ दशमलव ९३ प्रतिशत बढेर रू. ३९५ दशमलव ७० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८१५ दशमलव १० मा झरेको छ ।  शेयर मूल्य घट्ने सूचीमा दोस्रोमा हिमालयन लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ६७८ मा झरेको छ ।  यस कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा धेरै घटेको छ । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको हुन सक्ने विज्ञको अनुमान छ ।   यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावरले ओगटेको छ । कम्पनीको रू. ८ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० कायम भएको छ । यो सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. ७ करोड भन्दा बढीको कारोबार भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ४७ प्रतिशत घटेको छ ।

२२०६ विन्दुमाथि पुगेको नेप्से २१६४ मा झर्‍यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन परिसूचक १ दशमलव ६४ प्रतिशत घटेर २ हजार १६४ दशमलव ३१ विन्दुमा झरेको छ । कारोबार खुलेपछि उकालो लागेको नेप्से २ हजार २०६ विन्दुमाथि उक्लिएको थियो । त्यसपछि घट्न थालेको नेप्सेमा उतारचढाव देखिएको थियो । सोमवार रू. ४ अर्ब ७३ करोड बराबरको शेयर कारोबार भएकोमा मंगलवार २ अर्ब ९१ करोडमा झरेको छ । आइतवार मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमवारदेखि घट्न थालेको हो ।  आइतवार बजार बन्द भएपछि भएको पत्रकार सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र शत प्रतिशत जोखिम भार रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि सोमवारदेखि बजारमा विक्रेता हाबी भएका हुन् । शेयर धितो कर्जामा रकमको सीमा नतोकी सबैमा शत प्रतिशत जोखिम भार रहनुपर्ने आम लगानीकर्ताको माग छ ।  मंगलवार सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव १३ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता शेयर ५३ हजार ५७० पटकमा रू. २ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९५८ दशमलव ३० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिटी होटल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशत बढेर रू. ७४३ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी नबिल डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ६ दशमलव ८७ प्रतिशत घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ७८५ मा झरेको छ । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव २३ प्रतिशत घटेर रू. १ हजार ३५६ मा झरेको छ । यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । कम्पनीको रू. १५ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १० करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव २२ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी बैंकिङ्ग समूह छ । उक्त समूहको परिसूचक २ दशमलव ७५ प्रतिशत घटेको छ ।

बजारमा चैत मसान्तको प्रभाव, साढे ६ महीनायताकै न्यून विन्दुमा झर्‍यो नेप्से

काठमाडौं । नेप्से परिसूचक आइतवार साढे ६ महीनायताकै न्यून विन्दुमा झरेको छ । गत असोज १२ गते १ हजार ८३७ दशमलव ४७ विन्दुमा झरेर उकालो लागेको नेप्से परिसूचक आइतवार पुनः १ हजार ८३८ दशमलव ४८ विन्दुमा झरेको हो ।  बजारमा चैत मसान्तको प्रभाव देखिएको छ । कर तिर्ने र कर्जाको साँवा-ब्याज भुक्तानीको दबाब एकै पटक भएकाले यति बेला बजारमा असर देखिनु स्वाभाविक भएको जानकारहरू बताउँछन् । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १ दशमलव ५२ प्रतिशत घटेर १ हजार ८३८ दशमलव ४८ विन्दुमा झरेको छ । यस दिन २६८ धितोपत्रको ३८ लाख ४३ हजार ७१३ कित्ता २९ हजार २३९ पटकमा रू. १ अर्ब १५ करोड बराबर कारोबार भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३४२ दशमलव ९० पुगेको हो । त्यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ६ दशमलव ४६ प्रतिशत बढेर रू. ८ दशमलव ७३ पुगेको छ ।  आइतवार सबैभन्दा बढी ‘१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७५ प्रतिशत घटेको छ । डिबेन्चरको मूल्य प्रतिकित्ता रू. १ हजार १५ दशमलव ८० कायम भएको हो । त्यस्तै दोस्रोमा कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ६ दशमलव ६२ प्रतिशत घटेर रू. ७ दशमलव ९० मा झरेको छ । यस दिन नबिल बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ७८ लाख बराबर भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८० कायम भएको छ । कम्पनीको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा आएको छ । सोही कारण पनि कम्पनीको सर्वाधिक शेयर कारोबार भएको देखिन्छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ५ करोड ७८ लाख ३७ हजार बराबर भएको हो ।  आइतवार कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ३५ प्रतिशत घटेको छ ।

लगातार चौथो दिन पनि घट्यो नेप्से, कुल बजार पूँजीकरण ३० खर्बमा झर्‍यो

जेठ १९, काठमाडौं । साताको चौथो कारोबार दिन बिहीवार नेप्से परिसूचक १८ दशमलव २६ अंक घटेर बन्द भएको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ११२ दशमलव ४७ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ३५ लाख ६६ हजार ८१९ कित्ता शेयर २१ हजार ८३३ पटकमा रू. १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ दशमलव ६६ बराबरको शेयर खरीदविक्री भएको छ ।  बजेट सार्वजनिक भएको लगातार चौथो दिन पनि नेप्से घटेको हो । कुल बजार पूँजीकरण रू. ३० खर्ब ७ अर्ब रहेको छ ।  कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशलमव ९७ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १५३ दशमलव ३० पुगेको हो ।  त्यसैगरी दोस्रोमा माउन्टेन हाइड्रोपावर नेपालको शेयरमूल्य ४ दशमलव २० प्रतिशत बढेर रू. ३२० कायम भएको छ ।  बिहीवार सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ दशमलव ४७ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४१५ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ८७ प्रतिशत घटेर रू. १ हजार ७५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री माउन्टेन हाइड्रो नेपालको भएको हो । कम्पनीको रू. १२ करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  त्यसैगरी दोस्रोमा एनआईशी एशिया बैंकको रू. ६ करोड ५४ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूह बाहेक सबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव १४ प्रतिशत वृद्धि भएको छ । समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको शून्य दशमलव ७५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ५२ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ४९ प्रतिशत, हाइड्रोपावर समूहको शून्य दशलमव ५५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ५२ प्रतिशत, जीवन बीमा समूहको १ दशमलव ४३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको शून्य दशलमव ६७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ५६ प्रतिशत, अन्य समूहको १ दशमलव ५६ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक २ दशलमव ६० प्रतिशतका दरले घटेको हो ।