बजारमा चैत मसान्तको प्रभाव, साढे ६ महीनायताकै न्यून विन्दुमा झर्‍यो नेप्से

काठमाडौं । नेप्से परिसूचक आइतवार साढे ६ महीनायताकै न्यून विन्दुमा झरेको छ । गत असोज १२ गते १ हजार ८३७ दशमलव ४७ विन्दुमा झरेर उकालो लागेको नेप्से परिसूचक आइतवार पुनः १ हजार ८३८ दशमलव ४८ विन्दुमा झरेको हो ।  बजारमा चैत मसान्तको प्रभाव देखिएको छ । कर तिर्ने र कर्जाको साँवा-ब्याज भुक्तानीको दबाब एकै पटक भएकाले यति बेला बजारमा असर देखिनु स्वाभाविक भएको जानकारहरू बताउँछन् । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १ दशमलव ५२ प्रतिशत घटेर १ हजार ८३८ दशमलव ४८ विन्दुमा झरेको छ । यस दिन २६८ धितोपत्रको ३८ लाख ४३ हजार ७१३ कित्ता २९ हजार २३९ पटकमा रू. १ अर्ब १५ करोड बराबर कारोबार भएको छ ।  कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३४२ दशमलव ९० पुगेको हो । त्यस्तै दोस्रोमा सानिमा ग्रोथ फण्डको इकाई मूल्य ६ दशमलव ४६ प्रतिशत बढेर रू. ८ दशमलव ७३ पुगेको छ ।  आइतवार सबैभन्दा बढी ‘१०.२५% माछापुच्छ्रे बैंक डिबेन्चर २०८५’ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७५ प्रतिशत घटेको छ । डिबेन्चरको मूल्य प्रतिकित्ता रू. १ हजार १५ दशमलव ८० कायम भएको हो । त्यस्तै दोस्रोमा कुमारी धनवृद्धि योजनाको इकाई मूल्य ६ दशमलव ६२ प्रतिशत घटेर रू. ७ दशमलव ९० मा झरेको छ । यस दिन नबिल बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ७८ लाख बराबर भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८० कायम भएको छ । कम्पनीको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा आएको छ । सोही कारण पनि कम्पनीको सर्वाधिक शेयर कारोबार भएको देखिन्छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा शिवम् सिमेन्ट्सको रू. ५ करोड ७८ लाख ३७ हजार बराबर भएको हो ।  आइतवार कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । जलविद्युत् समूहको परिसूचक सबैभन्दा बढी २ दशमलव ३५ प्रतिशत घटेको छ ।

सम्बन्धित सामग्री

२१०० को मनोवैज्ञानिक विन्दुबाट पनि तल झर्‍यो नेप्से, सबै समूहगत परिसूचक राताम्मे

जेठ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक ३३ दशमलव ७६ अंकले घटेर २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको २ हजार ११३ दशमलव १३ विन्दुबाट खुलेको बजार यस दिन १ दशमलव ६० प्रतिशतले घटेको हो ।  यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर २६ हजार ६९३ पटकमा रू. १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४१ बराबरको शेयर खरीदविक्री भएको छ ।  नेप्से परिसूचक लगातार पाँचौ दिन पनि घटेको छ । शेयर बजार निरन्तर घट्दै २ हजार १०० विन्दुभन्दा पनि तल आएको छ । यो विन्दु पछिल्लो डेढ वर्ष यताकै सबैभन्दा न्यून विन्दु हो । कारोबारमा आएका २२६ ओटा धितोपत्रमध्ये उपकार लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७५७ पुगेको हो ।  त्यसैगरी दोस्रोमा बलेफी हाइड्रोपावको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू. १६८ कायम भएको छ ।  शुक्रवार सबैभन्दा बढी किसान लघुवित्तको शेयरमूल्य ८ दशमलव ८५ प्रतिशत घटेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९१८ मा झरेको छ ।  त्यसैगरी दोस्रोमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ६५ प्रतिशत घटेर रू. १ हजार २५ कायम भएको छ ।  सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको हो । उक्त कम्पनीको रू. ६ करोड २३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी दोस्रोमा नागरिक लगानी कोषको रू. ४ करोड २ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्येसबै समूहको समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । यस दिन व्यापार र नीर्जिवन बीमा उपसमूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । व्यापार समूहको परिसूचक २ दशमलव ५६ प्रतिशत र जीवन बीमा समूहको परिसूचक २ दशमलव ३४ प्रतिशतका दरले घटेसँगै सर्वाधिक गुमाएका हुन् ।   समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको १ दशमलव ६८ प्रतिशत, व्यापार समूहको २ दशमलव ५६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको शून्य दशमलव ८६ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ५५ प्रतिशत, हाइड्रोपावर समूहको १ दशलमव ३ प्रतिशत, वित्त समूहको १ दशमलव ३७ प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ९२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ७४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ८१ प्रतिशत, लघुवित्त समूहको १ दशलमव ४४ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ३४ प्रतिशत, म्युचुअल फण्ड समूहको १ दशलमव ७४ प्रतिशत र लगानी समूहको १ दशमलव ९१ प्रतिशतका दरले घटेको हो ।

५ महीनायताकै न्यून विन्दु २२७५.६८ मा झर्‍यो नेप्से, किन घट्दैछ दिनहुँ परिसूचक ?

वैशाख २१ , काठमाडौं । बुधवार नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दूमा झरेको छ । यस दिन नेप्से ३१ दशमलव ७६ अंक घटेर २ हजार २७५ दशमलव ६८ विन्दुमा झरेको हो । बुधवार कारोबारमा आएका २३३ ओटा धितोपत्रको ३६ लाख २ हजार ८४८ कित्ता शेयरको २७ हजार ५६६ पटकमा रू. १ अर्ब २६ करोड बराबरको शेयर खरीदविक्री भएको छ । यस भन्दा अगाडि नेप्से परिसूचक २०७८ मंसिर २७ गते २ हजार २८१ दशमलव ६७ विन्दुसम्म झरेको थियो । यसरी हेर्दा नेप्से परिसूचक करीब ५ महीनायताकै न्यून विन्दुमा झरेको हो । पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव नै रहिरहेको छ । चर्को ब्यजदारले गर्दा लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । सोही कारण दिनहुँ बजार घट्दो क्रममा रहेको छ  । यद्धपि बजार लामो समयदेखि घटिरहेको छ ।  ३ हजार २०० विन्दुसम्म पुगेको बजार २२६० को आसपासमा आएर फर्किएको थियो । सोही कारण पनि बजार अब फर्किनु पर्ने शेयर विश्लेषकहरु बताउँछन् । यतिबेला धेरै कम्पनीहरुको शेयरमूल्य सस्तिएको छ । सोही कारण पनि दीर्घकालिन अथवा अल्पकालिन लगानी गर्ने अवसर आएको हुन सक्छ ।  सोही कारण लगानीकर्ताले विवेकपूर्ण तरीकाले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  कारोबारमा आएका २३३ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ३८२ दशमलव ४० कायम भएको छ । त्यसैगरी दोस्रोमा बरुण हाइड्रोपावरको शेयरमूल्य ४ दशमलव ४५ प्रतिशत वृद्धि भएर रू. ३९९ पुगेको छ ।  त्यसैगरी बुधवार सबैभन्दा बढी ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्य ९ दशमलव ३६ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू। ३२४ दशमलव ५० मा झरेको हो । त्यसैगरी दोस्रोमा युनियन हाइड्रोपावरको शेयरमूल्य ५ दशमलव ७७ प्रतिशत घटेर रू. २४५ कायम भएको छ ।  बुधवार सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यो दिन उक्त कम्पनीको रू. ४ करोड ५८ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३८९ दशलमव १० कायम भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।  उक्त हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ । हालसम्ममा नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भने निवेदन दिएको छैन । यसोत विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन गर्नका लागि स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीमा दोस्रोमा हिमालयन डिष्टीलरी रहेको छ । उक्त कम्पनीको रू. ३ करोड ५२ लाख बराबरको शेयर खरीदविक्री भएको होे ।

नेप्से दुई वर्षयताकै न्यून विन्दुमा झर्‍यो

सेयर बजारको परिसूचक नेप्से २ वर्षअघिको विन्दुमा झरेको छ। २४ अंकले नेप्से झरेर १२ सय ३१ अंकमा कायम भएको छ। यो अंक २०७२ साल माघ १७ गतेयताकै न्यून हो। सो दिन १२ सय २० मा अडिएको नेप्से भोलिपल्ट अर्थात १८ गते १२ सय ३८ बिन्दु पुगेर उकालो गति लिएको थियो। कारोबार सुरु भएदेखि नै झरेको…