एक दिनभन्दा बढी टिकेन नेप्सेको वृद्धि, २१ सय विन्दुमुनि झर्‍यो परिसूचक

काठमाडौं । लगातार पाँच कारोबार दिन घटेपछि सोमवार ५ दशमलव ८४ अंकले बढेको नेप्से परिसूचक मंगलवार पुनः घटेको छ । यस दिन नेप्से परिसूचक १ दशमलव ३५ अंक घटेको हो । यससँगै नेप्से परिसूचक २ हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ । अर्थात् बजार पुनः २१ सय विन्दुमुनि आएको छ । मंगलवार बजार खुलेदेखि केही समय बढ्न खोजे पनि पछि निरन्तर घटेको थियो । नेप्से २१ सय विन्दुमुनि झरेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव देखिएपछि विक्रेता हाबी भएका थिए ।   विज्ञका अनुसार पछिल्ला दिनहरूमा बजार निरन्तर घट्दा लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् । सोही कारण कारोबार रकम दिनानुदिन घट्दै आएको छ । पछिल्लो समय शेयर बजारमा प्रोफिट बुक गर्ने प्रवृति देखिएको विज्ञ बताउँछन् । सोही कारण बजार केही दिन बढ्नेबित्तिकै करेक्सनमा जाने गरेको छ ।  मौद्रिक नीति सार्वजनिक हुनुअगाडि बजार चार कारोबार दिनमा बजार ८० अंकभन्दा बढी बढेको थियो । यसरी हेर्दा बढेको बजारमा ट्रेडरहरूले प्रोफिट बुक गरेको देखिन्छ ।  ट्रेडरहरूले प्रोफिट बुक गरेपछि तल्लो विन्दुमा आएपछि मात्रै खरीद बढाउँछन् । यस कारण पनि पछिल्लो समय शेयर बजार प्रभावित भएको विज्ञहरू बताउँछन् ।  यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव २७ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव १४ प्रतिशत घटेको छ ।  मंगलवार कारोबारमा आएका २६२ धितोपत्रको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार ८३७ पटकमा रू. १ अर्ब ९२ करोड बरावरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सुपर मादी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा बढी ४ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९८ पुगेको हो ।  शेयर मूल्य सर्वाधिक बढ्न् कम्पनीको सूचीमा दोस्रोमा सिक्लेस हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य १ दशमलव ९३ प्रतिशत बढेर रू. ३९५ दशमलव ७० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी किसान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ दशमलव ५४ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य रू. ८१५ दशमलव १० मा झरेको छ ।  शेयर मूल्य घट्ने सूचीमा दोस्रोमा हिमालयन लघुवित्त छ । कम्पनीको शेयर मूल्य ५ दशमलव ५७ प्रतिशत घटेर रू. ६७८ मा झरेको छ ।  यस कम्पनीले आज गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा धेरै घटेको छ । सोही कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएको हुन सक्ने विज्ञको अनुमान छ ।   यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा अपर तामाकोशी हाइड्रोपावरले ओगटेको छ । कम्पनीको रू. ८ करोड ७४ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४१० कायम भएको छ । यो सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. ७ करोड भन्दा बढीको कारोबार भएको छ ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्डको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ४७ प्रतिशत घटेको छ । 

सम्बन्धित सामग्री

नेप्सेको पुरानो वेबसाइट बन्द हुने

काठमाडौं – हाल सञ्चालनमा रहेको नेप्सेको पुरानो वेबसाइट अब बन्द हुने भएको छ । नेप्सेले सूचना जारी गर्दै हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैं आएको नयाँ वेबसाइट आइतबार ९कात्तिक २७ गते देखि पूर्ण रुपमा सञ्चानमा ल्याउने जानकारी गराएको छ । तसर्थ, नेप्सेले पुरानो साइटमा अब कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख गरेको छ ।

नेप्सेको पुरानो वेबसाइट बन्द, अब नयाँ वेबसाइटबाट मात्रै जानकारी लिन सकिने

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट बन्द भएको छ । नेप्सेको नयाँ वेबसाइट आईतबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको हो ।  पूरानो वेबसाइटमा कुनै पनि तथ्यांक अपडेट नहुने नेप्सेले जनाएको छ । नेपाल स्टक डटकम डटएनपीमा गएर जानकारी लिन सकिने छ ।  नेप्सेले नयाँ वेबसाइट केही समय अगाडिदेखि परीक्षण गर्दै आएको थियो । परीक्षण सकिएसँगै आऐतबारबाट पूर्ण सञ्चालनमा आएको हो...

नेप्सेको सिइओमा कार्की नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको प्रमुखका रूपमा कार्कीलाई चार वर्षका लागि नियुक्ति गरेको हो ।  यसअघि नेपाल सरकारका उपसचिवबाट अवकाश पाएका कार्की...

नेप्सेको वेभसाइट दुई दिन बन्द

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेभसाइट दुई दिन बन्द हुने भएको छ।डाटा सेन्टर अपग्रेड गर्न भन्दै दुई दिन वेभसाइट बन्द हुने नेप्सेले जानकारी दिएको छ। खासगरी, पछिल्लो समय नेप्सेको वेभसाइटमा विभिन्न समस्या देखिँदै आएको छ। नेप्सेले हाल दुई वटा वेभसाइट चलाउँदै आएको छ। र, दुई वटै वेभसाइटमा नेप्से परिसूचकको तथ्यांक फरक/फरक देखिने तथा वेभसाइट नै नखुल्ने जस्ता समस्या देखिँदै आएको छ।

आज र भोलि नेप्सेको सिष्टम नचल्ने

दुई दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सिष्टम उपलब्ध नहुने भएको छ । डाटा सेन्टरको अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिष्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ । त्यस अनुसार शुक्रबार र शनिबार दुई दिन नेप्सेको वेवसाइट चल्ने छैन् । नेप्सेले पुरानो वेवसाइट बन्द गरेर नयाँ वेसवासइट सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि नेप्सेले दुई दिन वेबसाइट बन्द गरेका काम गर्न लागेको हो ।

नेप्सेको सेवा २ दिन बन्द रहने

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ । बिहीबार एक सुचना जारी गर्दै नेप्सेले २२ गते शुक्रबार र २३ गते शनिवार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो। डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेले जनाएको छ ।

नेप्सेको दुई वटा वेबसाइटमा दुई थरी तथ्यांक

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को दुई वटा वेबसाइटले दुई थरी तथ्यांक देखाएको छ। नेप्सेको पुरानो वेबसाइटमा नेप्से परिसूचक १६ अंकले घटेर ३१ सय ७ अंकमा आएको देखिएको छ भने नयाँ वेबसाइटमा १२ अंकले घटेर ३१ सय १० अंकमा आइपुगेको देखिएको छ। यद्यपि, कारोबार रकम र अन्य सूचक भने एउटै छन्।

नेप्सेको अध्यक्षमा मैनाली नियुक्त

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनालीलाई नियुक्त गरेको छ । मैनालीले सोमबारबाटै लागू हुने गरी नेप्सेको अध्यक्ष तथा सञ्चालकको पदमा बहाली गरेका हुन् । पदबहाली गर्दै मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको विकासको लागि आफू प्रतिवद्ध रहेको बताएका छन् । सो अवसरमा अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकारी […]

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त भएका छन्। मैनाली आज नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन्। उनले आजैबाट पद सम्हालेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए। यसअघिका नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेको चार वर्षको कार्यकाल सकिएपछि मैनाली जिम्मेवारी पाएका हुन्।

नेप्सेको टीएमएसमा समस्या, निफ्राको शेयरमूल्य शून्यमा

नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा गडबड भएको छ । निफ्राको शेयरमूल्य एकाएक शून्यमा झरेको छ । शेयरमूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भए पनि आज नेप्सेको सफट्वेयरमा समस्या आाँउदा मूल्य शून्यमा पुगेको हो