डेढ वर्षयताकै न्यून विन्दु २१३७.९२ मा झर्‍यो नेप्से, रू. १ अर्ब ३१ करोड बराबरको शेयर खरीदविक्री

जेठ १७, काठमाडौं । नेप्से घट्ने क्रम रोकिएको छैन । साताको दोस्रो कारोबार दिन मंगलवार पनि नेप्से परिसूचक ३५ दशमलव ५३ अंक घटेर २ हजार १३७ दशमलव ९२ विन्दुमा झरेको छ । यस अवधिमा कारोबारमा आएका २२९ ओटा धितोपत्रको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयरको २७ हजार ५१९ पटकमा रू. १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ बराबरको शेयर खरीद विक्री भएको छ । मंगलवार नेप्से परिसूचक डेढ वर्ष यताकै न्यून विन्दुमा झरेको हो । २०७७ पुस १९ गते नेप्से परिसूचक २ हजार १७५ मा थियो । सोमवार पनि नेप्से परिसूचक ५० अंकले घटेको थियो ।  कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ४७५ दशमलव ८० कायम भएको हो । त्यसैगरी दोस्रोमा एनएमी फिप्टीको इकाई मूल्य ४ दशमलव १० प्रतिशत वृद्धि भएर रू. १२ दशमलव ७० कायम भएको छ ।  त्यसैगरी मंगलवार नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३३१ मा झरेको हो । त्यसैगरी दोस्रोमा एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमूल्य ६ दशमलव ५० प्रतिशत घटेर रू. ५६१ कायम भएको हो ।  मंगलवार सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएकोछ । बैंकको रू. ५ करोड ३७ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७५२ दशमलव ७० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड ९८ लाख बराबरको भएको हो ।  कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशलमव ४५ प्रतिशत बढेको छ भने बाँकी सबै समूहको समूहगत परिसूचक घटेसँगै नेप्से परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक १ दशलमव ९१ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ४६ प्रतिशत, वित्त समूहको १ दशमलव ५४ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव २३ प्रतिशत, हाइड्रोपावर समूहको १ दशमलव २४ प्रतिशत, लगानी समूहको १ दशमलव १७ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ६९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ५३ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ५६ प्रतिशत, अन्य समूहको १ दशमलव ६७ प्रतिशत र व्यापार समूहको १ दशमलव ७८ प्रतिशतका दरले घटेको हो । 

सम्बन्धित सामग्री

सेयर बजार २०७० अंकमा झर्‍यो

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से २०७० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २१.१५ अंक घटेको हो । दिनभर १ अर्ब ६८ करोडको कारोबार भयो । बुधबार १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा ५ अंकको गिरावट, कारोबार रकम पनि १ अर्ब तल झर्‍यो

२० मंसिर, काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ । जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको […]

२०६५ अङ्कमा झर्‍यो नेप्से , कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २०६५ अङ्कमा झरेको छ । आज (सोमबार) नेप्से १२.९२ अङ्क घटेको हो । कुल १ अर्ब २७ करोड रुपैयाँको कारोबार भयो । विकास बैङ्क ११, फाइनान्स ३, उत्पादन २१, लघुवित्त २२ र अन्य उपसमूह १ अङ्क बढे । बैङ्किङ १९, होटल तथा पर्यटन १, जलविद्युत् ५, जीवन बीमा १९८ […]

२१ सयमुनि झर्‍यो नेप्से ,सबै सूचक घटे

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (शुक्रबार) सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ । शुक्रबार परिसूचक ३३.७६ अङ्क घटेसँगै २०७८ अङ्कमा कायम भएको छ । १ अर्ब ३० करोड रुपैयाँको कारोबार भयो । यस दिन सबै उपसमूह घटेका छन् । बैङ्किङ २४, विकास बैङ्क ५६, फाइनान्स २१, होटल तथा पर्यटन २३, जलविद्युत् […]

२११२ अङ्कमा झर्‍यो नेप्से, कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार

काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से २११२ अङ्कमा झरेको छ । १८.२६ अङ्कले घटेर नेप्से २११२ अङ्कमा कायम भएको हो । दिनभर कुल १ अर्ब १६ करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूहका सूचक घटेका छन् । बैङ्किङ ११, विकास बैङ्क १९, फाइनान्स ५, होटल तथा पर्यटन १३, जलविद्युत् १३, जीवन बीमा १४६, […]

नेप्से फेरि २३ सयमुनि झर्‍यो, सबै उपसमूहका सूचकमा गिरावट

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से साढे ४ महिनापछि फेरि २३ सय अङ्कभन्दा तल झरेको छ । यसअघि गत मंसिर २७ गते परिसूचक २३ सयमुनि झरेको थियो । बुधबार ३१.७६ अङ्क घटेसँगै नेप्से २२७५ अङ्कमा कायम भएको छ । दिनभर कुल १ अर्ब २६ करोड रुपैयाँको कारोबार भयो । बुधबार सबै उपसमूहका सूचक घटेका छन् […]

२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । […]

नेप्से परिसूचक २५०० विन्दुबाट पनि तल झर्‍यो

मंसिर २०, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६५ दशमलव २४ अंकले घटेको छ ।  नेप्से परिसूचक २ हजार ४४८ दशमलव ६३ विन्दुमा झरेको हो । यो दिन करोबार शुरु भएदेखि नै बजार घटिरहेको छ । यसअघि नेप्से परिसुचक ३ हजार १९८ विन्दुमा घटेर २ हजार ५१० सम्म झरेको थियो  भने पुन २ हजार ८०० विन्दुमाथि पुगेको थियो ।  मौद्रिक नीतिको समिक्षा पछि नेप्से परिसूचक लगातार घट्न थालेको हो । यो समाचार तयार पार्दासम्म २०७ ओटा धितोपत्रको २० लाख ९६० कित्ता शेयरको १ अर्ब ९९ लाख रुपैयाँ बराबरको खरीदविक्री भएको छ ।