बजेटपछि पनि खुसी हुन सकेनन् लगानीकर्ता, ५० अंक घटेर २१७३.४४ विन्दुमा झर्‍यो नेप्से

जेठ १६, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ५० दशमलव ३३ अंक घटेर  बन्द भएको छ ।  यो दिन नेप्से परिसूचक २ हजार १७३ दशमलव ४४ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२७ धितोपत्रको ३४ लाख ५६ हजार ५२९ कित्ता शेयर २६ हजार ९४९ पटकमा रू. १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार २८२ बराबरको शेयर खरीदविक्री भएको छ ।  बजेटमा एनआरएनको लगानी भित्र्याउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण दिने, बीमा तथा लघुवित्तहरुको पहुँच लगायतका कार्यक्रमहरु आएका छन् । यसले पूँजी बजार विकास विस्तारमा सहयोग पुग्ने देखिन्छ । यद्धपि पछिल्लो समय बजार घट्दो ट्रेण्डमा रहेको छ । धेरै कम्पनीहरुको शेयरमूल्य न्यून विन्दुमा आएको छ ।  यस्तो अवस्थामा लगानीको अवसर पनि हुने गर्दछ । सोही कारण लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभूत पक्ष र प्राविधिक पक्ष राम्रोसँग हेरेर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुने देखिन्छ ।  यस दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रमध्ये बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा सोमवार ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १२४ दशमलव ४० कायम भएको हो । त्यसैगरी दोस्रोमा उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव २३ प्रतिशत बढेर रू. १ हजार ३६३ दशमलव ६० पुगेको छ ।  सोमवार नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३६७ दशमलव ७० मा झरेको छ । कम्पनीको मर्जरका कारण दोस्रो बजारमा कारोबार लामो समयसम्म रोकिएको थियो । सोमवारदेखि शेयर कारोबार फुकुवा भएको हो । फुकुवा भएकै दिन कम्पनीको शेयरमा विक्रेता हावी भएसँगै शेयरमूल्य घटेको हो ।  शेयरमूल्य घट्ने दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको शेयरमूल्य ७ दशमलव ३६ प्रतिशत घटेर रू. ४०३ कायम भएको छ । त्यसैगरी सोमवार सर्वाधिक शेयर खरीदविक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ४ करोड ९६ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९३५ कायम भएको छ ।  त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू. ४ करोड ४१ लाख बराबरको भएको हो । कारोबारमा आएका १३ ओटै समूहत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो ।  समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक २ दशमलव शून्य ३ प्रतिशत, विकास बैंक समूहको २ दशमलव ५६ प्रतिशत, वित्त समूहको २ दशमलव ४३ प्रतिशत, होटल एण्ड टुरिजम समूहको १ दशमलव ३८ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव ६३ प्रतिशत, लगानी समूहको २ दशमलव २२ प्रतिशत, जीवन बीमा समूहको २ दशमलव ८५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ३७ प्रतिशतका दरले घटेको छ । यसैगरी लघुवित्त समूहको १ दशमलव ५७ प्रतिशत, म्युचुअल फण्ड समूहको २ दशमलव ११ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव ६३ प्रतिशत, अन्य समूहको २ दशमलव ८५ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक ३ दशमलव २२ प्रतिशतका दरले घटेको छ । 

सम्बन्धित सामग्री

विश्व खुसी प्रतिवेदनमा नेपाल ९३ औँ स्थानमा

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३ औँ स्थानमा रहेको देखाएको छ।

कहाँ हराएको छ हाम्रो खुसी ?

खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम: खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ ।

औजार पाउँदा उद्यमी खुसी

दैलेखका उद्यमीहरू कृषि औजार पाउँदा खुसी भएका छन्। स्थानीय स्तरमा उद्यमशील कृषकलाई सरकारले आवश्यकता अनुसार कृषि औजार सहयोग गरेपछि उनीहरू खुसी भएका हुन्।...

खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः

दुई दिन पनि टिक्न नसकेको खुसी

काठमाडौं, फागुन २४ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् । नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि […]

दुई दिन पनि टिकेन खुसी

ललितपुरको कोन्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा दुई दिनअघि शिशुको जन्म भएपछि स्याङ्तान परिवारमा खुसी छाएको थियो । तर, त्यो खुसी लामो समयसम्म टिक्न सकेन । स्याङ्तान परिवारमा खुसी छर्ने शिशु र खुसी मनाउने सदस्यले नै अकालमा ज्यान गुमाएका छन् ।नल्लुका ५५ वर्षीया काँइली स्याङ्तान र नवजात शिशुसहित पाँच जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । नवजात शिशुलाई चिसोबाट बचाउन घरभित्र गोलको आगो बालेर सुत्दा कार्बन पोइजनिङका कारण उनीहरूको मृत्यु भएको हो ।सो गाउँपालिकाकी उपाध्यक्ष मिङ्मा लामाका

जीवनमा खुसी भित्रिने र भित्र्याउने ढोकाहरू

खुसी के हो कुनै ठोस व्याख्या या परिभाषा दिन सकिँदैन। कुनै व्यक्ति सानो जागिर प्राप्त भएपछि अन्तर आत्माबाट खुसी हुन्छ र कुनै व्यक्ति ओलम्पिक गोल्ड मेडल जित्दा पनि खुसी नहुन सक्छ, नोवेल अस्विकार गर्ने मानिस पनि छन्।मुख्य कुरा मानिस आर्थिक उपलब्धिमा खुसी हुन्छ। कहीं न कहीं खुसी पैसा वा सम्पत्तिसँग  जोडिन्छ। त्यो सम्पत्ति र स्वामित्वमा खुसी लुकेको हुन्छ। यसै गरी सम्पत्ति स्वतन्त्र प्रयोगमा पनि खुसी छ।सिमान्त उपयोगिता ह्रास नियमअनुसार सुरुमा अर्थात् गरिबीमा पैसाले खुसी किन्छ र पछि यसको हुँदैन भन

ढुंगे युगको खुसी

साना र विषयहीन कुरामा खुसी हुने बानीले देश कछुवाको गतिमा हिँडेको छ। सांग्रिला सपना देखाउने विवक्ता नेताहरूको वाककलाको जालमा फस्नु हाम्रो मूर्खता हो। साना-साना कुरामा खुसी हुने हाम्रो बानीलाई विशोधन गर्न जरुरी छ।

खुसी कहिले मिल्छ?

सानोतिनो पुरुषार्थ र खुसी दिने कर्मले स्वान्त सुखायको अनुभूति दिलाउन सक्छ।