सातामा लगानीकर्ताहरुले गुमाए १ खर्ब ६६ अर्बभन्दा बढी, नेप्से परिसूचक ११७.५५ अंक तल झर्‍यो

वैशाख २४, काठमाडौं । यो साता तीन दिन मात्र शेयर कारोबार भएको छ ।  पाँच कारोबार दिनमा दुई दिन सार्वजनिक विदा परेकाले यो साता तीन दिन मात्र कारोबार भएको हो । तीन कारोबार दिननै यो साता बजार घटेर बन्द भएको छ । पहिलो दिन ४८ दशमलव ७३ अंक, दोस्रो दिन ३१ दशमलव ७६ अंक र तेस्रो दिन ३७ दशमलव शून्य ६ अंक गरी यो साता ११७ दशमलव ५५ अंकले नेप्से परिसूचक घटेको हो । समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ६९ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ३५६ दशमलव १७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार २३८ दशमलव ६२ विन्दुमा झरेको हो । साताको बजारका सूचकहरुको अवस्था : स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) त्यस्तै गत साता ४५० दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४३२ दशमलव ५५ विन्दुमा झरेको छ । वित्तीय प्रणालीमा तरलता संकटको समस्या निरन्तर रहिरहँदा र आगामी दिनमा ब्याजदर अझ बढ्ने त्रासका कारण पछिल्लो समय शेयर विक्री चाप बढीरहेको छ । सोही कारण नेप्से परिसूचकमा असर परेको जानकारहरु बताउँछन् । बजारमा प्यानिक सेल भइरहेको अवस्थामा लगानीकर्ताको मनोबल बढाउने खालको सूचना यतिवेला आवश्यक रहेको ब्रोकरहरु बताउँछन् । सूचनाको आधारमा चल्ने धितोपत्र दोस्रो बजारमा पछिल्लो समय सकारात्मक सूचनाहरु नआउँदा लगानीकर्ताको मनोबल बढ्न नसकेको ब्रोकरहरुको बुझाइ छ । साथै सामाजिक सञ्जाललगायतका माध्यमबाट बजारको वारेमा गलत हल्ला चलाउँदा उक्त हल्लाको पछि लागेर नयाँ लगानीकर्ताहरु प्यानिक सेल गरिरहेको बुझाइ ब्रोकरहरुको छ । यो साता तीन कारोबार दिनमा रू. ४ अर्ब ३४ करोड ७२ लाखभन्दा बढीको १ करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र कारोबार भएको छ । गत साता भने पाँच कारोबार दिनमा रू. ८ अर्ब २० करोड ५७ लाखभन्दा बढीको २ करोड २५ लाख ६६ हजार ६० कित्ता धितोपत्र खरीदविक्री भएको थियो । गत साता औषतमा रू. १ अर्ब ६४ करोडभन्दा बढीको धितोपत्र खरीदविक्री भएकोमा यो साता औषतमा रू. १ अर्ब ४४ करोड बराबरको धितोपत्र खरीदविक्री भएको हो ।  बजारका सबै महत्वपूर्ण परिसूचकहरु घट्दा कुल बजार पूँजीकरणमा पनि रू. १ खर्ब ६६ अर्ब ८७ करोड ३८ लाखको कमि आएको छ । गत साता रू. ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख रहेको कुल बजारपूँजीकरण यो साता रू. ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाखमा झरेको हो । सर्वाधिक गुमाउनेमा वित्त समूहका लगानीकर्ता  यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा यो साता वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ९४ अंकले घटेको हो । वित्त समूहसँगै जलविद्युत् समूहको परिसूचक पनि ८ दशमलव ३३ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंकको ७ दशमलव ३३ प्रतिशत, होटल्स तथा पर्यटनको ६ दशमलव ९९ प्रतिशत, जीवन बीमाको ६ दशमलव ७६ प्रतिशत, निर्जीवन बीमाको ६ दशमलव ४९ प्रतिशत, अन्यको ५ दशमलव ८२ प्रतिशतले घटेको छ ।  त्यसैगरी व्यापारिकको ५ दशमलव ७३ प्रतिशत, लगानीको ५ दशमलव ७२ प्रतिशत, लघुवित्तको ४ दशमलव ११ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ८९ प्रतिशत, बैंकिङको २ दशमलव ८८ प्रतिशत र म्युचुअल फण्डको उपसूचक १ दशमलव ९३ प्रतिशतले घटेको छ । साताव्यापी समूहगत उपसूचकमा आएको परिवर्तन :   स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो

काठमाडौँ – यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ। आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो। आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार […]

नेप्से परिसूचक ६.४३ अंकले गिरावट

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।...

नेप्से परिसूचक ३३.९७ अंकले गिरावट

काठमाडौँ – साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। पछिल्लो समय निरन्तर रूपमा घटिरहेको नेप्से परिसूचक आइतबार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ। आइतबार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३३ अंक र सेन्सेटिभ […]

नेप्से परिसूचक २७ अंकले वृद्धि

बुधबार सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक बिहीबार वृद्धि भएको छ। नेप्से परिसूचक २७.५६ अंकले बढेर दुई हजार ६८.२६ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ५.४१, फ्लोट इण्डेक्स १.८० र...

नेप्से परिसूचक ५९.५४ अंकले वृद्धि

पछिल्लो समय निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक लगातार दुई दिन वृद्धि भएको छ। बुधबार नेप्से परिसूचक ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स १२.४२ अंक बढेको छ...

आज पनि बढ्न सकेन नेप्से परिसूचक

आज मंगलबार नेप्से परिसूचक ४५.५९ अंक ले घटेर २०२०.२३ विन्दुमा पुगेको छ । निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज पनि उक्लिन सकेन ।

नेप्से परिसूचक  ३३ अंकले घट्यो

पछिल्लो एक साता निरन्तर गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार पनि घटेको छ। नेप्से परिसूचक ३३.७६ अंकले घटेर दुई हजार ७८.७० विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.१८, फ्लोट इण्डेक्स २.१३ र...

नेप्से परिसूचक २६ सय माथि

शेयर कारोबार मापक नेप्से परिसूचक २६ सय अंक माथि पुगेको छ । साताको दोस्रो दिन सोमबार दोहोरो अंकले बढेर नेप्से परिसूचक २ हजार ६०० माथि पुगेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक सोमबार ३२ दशमलव ०५अंकले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको छ ।

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]