२२०६ विन्दुमाथि पुगेको नेप्से २१६४ मा झर्‍यो, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यस दिन परिसूचक १ दशमलव ६४ प्रतिशत घटेर २ हजार १६४ दशमलव ३१ विन्दुमा झरेको छ । कारोबार खुलेपछि उकालो लागेको नेप्से २ हजार २०६ विन्दुमाथि उक्लिएको थियो । त्यसपछि घट्न थालेको नेप्सेमा उतारचढाव देखिएको थियो । सोमवार रू. ४ अर्ब ७३ करोड बराबरको शेयर कारोबार भएकोमा मंगलवार २ अर्ब ९१ करोडमा झरेको छ । आइतवार मौद्रिक नीतिमार्फत शेयर धितो कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरवलोकन गर्ने समाचार आएसँगै उच्च गतिमा बढेको बजार सोमवारदेखि घट्न थालेको हो ।  आइतवार बजार बन्द भएपछि भएको पत्रकार सम्मेलनमा गर्भनर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा मात्र शत प्रतिशत जोखिम भार रहने व्यवस्था परिमार्जन गरिएको जानकारी दिएपछि सोमवारदेखि बजारमा विक्रेता हाबी भएका हुन् । शेयर धितो कर्जामा रकमको सीमा नतोकी सबैमा शत प्रतिशत जोखिम भार रहनुपर्ने आम लगानीकर्ताको माग छ ।  मंगलवार सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ८१ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ८४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव १३ प्रतिशत घटेको छ ।  यस दिन कारोबारमा आएका २६७ धितोपत्रको ७७ लाख १६ हजार २७७ कित्ता शेयर ५३ हजार ५७० पटकमा रू. २ अर्ब ९१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९५८ दशमलव ३० पुगेको छ । शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा सिटी होटल लिमिटेड छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ७४ प्रतिशत बढेर रू. ७४३ दशमलव ४० पुगेको छ ।  मंगलवार सबैभन्दा बढी नबिल डिबेञ्चर २०८५ नामक ऋणपत्रको मूल्य ६ दशमलव ८७ प्रतिशत घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ७८५ मा झरेको छ । त्यस्तै दोस्रोमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव २३ प्रतिशत घटेर रू. १ हजार ३५६ मा झरेको छ । यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोल्टी होटलले ओगटेको छ । कम्पनीको रू. १५ करोड २७ लाख बराबरको शेयर कारोबार भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७३ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. १० करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।  यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूहको परिसूचक १ दशमलव २२ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी बैंकिङ्ग समूह छ । उक्त समूहको परिसूचक २ दशमलव ७५ प्रतिशत घटेको छ । 

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो । आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको […]

२५२७ अङ्कमा झर्‍यो नेप्से , कारोबार रकम पनि घट्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्से २५२७ अङ्कमा झरेको छ । मंगलबार १४.२६ अङ्कले नेप्से घटेको हो । कारोबार रकम पनि घटेको छ । कुल १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भयो । यसअघि सोमबार कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो भने आइतबार ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएको थियो । […]

नेप्से घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । कुल ३ अर्ब २४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बुधबार जम्मा २ अर्ब ४ करोडको मात्रै कारोबार भएको थियो । परिसूचक नेप्से भने १६. ६९ अङ्कले घटेको छ । सो अङ्कको गिरावटपछि नेप्से २६१३ अङ्कमा कायम […]

नेप्से परिसूचकसँगै सुस्तायो शेयर कारोबार रकम

साताको तेस्रो शेयर बजार घटेर बन्द भएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचकसँगै कारोबार रकम समेत घटेको छ ।

२९३१ अङ्कमा पुग्यो नेप्से , कारोबार रकम घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से २९३१ अङ्कमा पुगेको छ । ३३ अङ्कको वृद्धिपछि नेप्से २९३१ अङ्कमा पुगेको हो । नेप्से बढे पनि कारोबार रकम घटेको छ । दिनभर जम्मा ५ अर्ब ७७ करोडको कारोबार भयो । यसअघि हिजो ६ अर्ब २ करोडको भएको थियो । बैङ्किङ उपसमूह १ […]

२० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २०.६४ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २९४७ अङ्कमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ । बैङ्किङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन […]

नेप्से र कारोबार रकम दुवैमा ओरालो

नेप्से आरोलो लागेसँगै कारोबार रकम समेत ओरालो लागेको छ। कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए।...

बढ्यो कारोबार रकम

काठमाडौं। आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ। नेपाल स्टक एक्चेञ्ज(नेप्से) का अनुसार आज बजारमा २२९ कम्पनीको कारोबारमा ९ अर्ब ९८ करोड २६ हजार रुपैयाँको कारोबार भएको छ भने हिजो ८ अर्ब ६ करोड रुपैयाँको कारोबार भएको थियो। योसँग आज बजारमा आइतबार भन्दा एक अर्ब ९२ करोड रुपैयाँ बढीको कारोबार भएको छ।

बढ्यो कारोबार रकम

काठमाडौं। आज साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम बढेको छ। हिजो बुधबार ५ अर्ब ८३ करोडको कारोबार भएको नेप्सेमा आज ६ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको हो। पछिल्लो समय कारोबार रकम निरन्तर ओरालो लाग्ने क्रममा हिजो ६ अर्ब रुपैयाँबाट घटेपनि आज फेरि सुधारिएको नेप्सेले बताएको छ।

खुम्चिँदै नेप्सेको कारोबार रकम

काठकाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार रकम खुम्चिन थालेको छ। यो साता नेप्सेमा हुने सेयर कारोबार रकम निरन्तर खुम्एिको हो। जेठ महिनाको ३० गते नेप्सेमा एकै दिन १९ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको थियो। त्यसयता निरन्तर ओरालो लागेको कारोबार रकम हिजो अर्थात् असार १० सम्म आइपुग्दा ६ अर्ब ९६ करोड रुपैयाँमा सीमित बनेको छ।