नयाँ वर्षपछि दैनिक ९२ करोडमा झर्‍यो कारोबार रकम, किन बनेन बजारमा उत्साहित हुने माहोल ?

 काठमाडौं । गत साता धितोपत्र दोस्रो बजार अघिल्लो साताको तुलनामा ३० दशमलव शून्य ७ अंक तल झरेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९३४ दशमलव ४७ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९०४ दशमलव ४० विन्दुमा झरेको हो । नेप्से (NEPSE) परिसूचक गत साताको पाँच कारोबार दिनमा एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन २ दशमलव ७९ अंक, दोस्रो कारोबार दिन २३ दशमलव ६३ अंक र तेस्रो कारोबार दिन ३ दशमलव शून्य ७ अंकले नेप्से परिसूचक घटेको हो । चौथो कारोबार दिन १५ दशमलव १४ अंकले उकालो लागेको नेप्से अन्तिम कारोबार दिन १५ दशमलव ७३ अंकले घटेको छ । यतिवेला लगानीकर्ता उत्साहित हुने खालको माहोल नहुँदा बजार प्रभावित बनिरहेको ब्रोकरहरू (Stok Broker) बताउँछन् । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण वाणिज्य बैंकहरूले (Commercial Bank) सार्वजनिक गरिसक्दा धेरैजसो बैंकको निष्क्रिय कर्जा (Non Performing Loan) बढेकै देखिन्छ । बैंकहरूको नाफा बढेसँग सँगै निष्क्रिय कर्जा पनि बढेकाले भविश्यमा आइपर्न सक्ने जोखिमलाई आम लगानीकर्ताहरूले यतिबेला औल्याएका छन् । धितोपत्र दोस्रो बजारमा सर्वाधिक हिस्सा बैंक तथा वित्तीय संस्थाको रहेको अवस्थामा यस क्षेत्रका कम्पनीहरूको वित्तीय अवस्थाले पनि लगानीलाई प्रभाव पारेको छ ।  गत साता नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८६ अंकले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३६७ दशमलव ९८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३६३ दशमलव १२ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा गत साता रू. ३ अर्ब ६४ करोड ९० लाखभन्दा बढीको धितोपत्र कारोबार भएको छ । अघिल्लो साता रू. ४ अर्ब ६२ करोडभन्दा बढीको धितोपत्र कारोबार भएको थियो । अघिल्लो साताभन्दा गत साता कारोबार रकम रू. २ अर्ब २ करोडभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने अघिल्लो साता २ करोड ११ लाख ४१ हजार भन्दा बढी भएकोमा गत साता १ करोड ४९ लाख ६५ हजार कित्ता मात्र भएको हो ।  अघिल्लो साताभन्दा गत साता औषतमा रू. ४० करोड ५० लाख बराबरको १२ लाख ३५ हजार कित्ता कम धितोपत्र कारोबार भएको हो । गत साता लगानीकर्ताले रू. ३८ अर्ब ७६ करोड ४६ लाखभन्दा बढीको सम्पत्ति मूल्य गुमाएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब १३ अर्ब ५५ करोडभन्दा बढी रहेको कुल बजार पूँजीकरण गत साताको अन्तिम कारोबार दिन रू. २७ खर्ब ७४ अर्ब ७८ करोडमा सिमित भएको हो ।   दुई समूहका लगानीकर्ताले मात्रै कमाए  गत साता समग्र धितोपत्र बजार मापक नेप्से परिसूचक घटेपनि दुई समूहगत परिसूचक भने बढेका छन् । गत साता होटल तथा पर्यटन समूहको परिसूचक ६ दशमलव शून्य ६ प्रतिशतले र निर्जीवन बीमा समूहको परिसूचक शून्य दशमलव शून्य २ प्रतिशतले बढेको छ । गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने सर्वाधिक ३ दशमलव ६१ प्रतिशत घटेको छ । त्यस्तै वित्तको ३ दशमलव १० प्रतिशत, लघुवित्तको ३ दशमलव शून्य ९ प्रतिशत, विकास बैंकको ३ दशमलव शून्य ९ प्रतिशत, लगानीको २ दशमलव ६६ प्रतिशत, जलविद्युतको २ दशमलव ३७ प्रतिशत, व्यापारिकको २ दशमलव शून्य ९ प्रतिशत, म्युचुअल फण्ड र अन्यको १ दशमलव ८२ प्रतिशत, जीवन बीमाको १ दशमलव ७३ प्रतिशत र बैंकिङको शून्य दशमलव ७१ प्रतिशत परिसूचक घटेको छ । #NEPSE #Banking #Nonperformingloan #Sharemarket #Investment #abhiyandaily #aarthikabhiyan

सम्बन्धित सामग्री

काम गर्नेको भन्दा हल्ला गर्नेको माहोल बढ्यो : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पछिल्ला दिनमा काम गर्नेको भन्दा पनि हल्ला गर्नेहरुको माहोल बन्दै गएको बताएका छन्। शनिवार नागार्जुन नगरपालिकाको नगर सभा उद्घाटन गर्दै नेता सिंहले उक्त भनाइ राखेका हुन्। 'अहिले काम गर्नेभन्दा हल्ला गर्नेहरुको माहोल बन्दै जानूले समाज कता जाँदैछ भनेर सोच्नुपर्ने विषय भएको छ,' नेता…

विश्वकप फुटबलको माहोल झलकाउँने टुडिखेल (फोटोफिचर)

उत्ता विश्वकप फुटबल चलिरहदा काठमाडौंको टुडिखेलमा युवा देखि बालकसम्म विश्वकपको माहोल बनाइरहेका छन्।...

जसको प्रभावले फेरिदैँछ चुनावी माहोल

काठमाडौँ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको दिन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । यसपटक कांग्रेस र माओवादीले गठबन्धन गर्दा देशैभर साझा उम्मेदवारको लर्को छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका कारण पनि यतिबेला प्रतिपक्षमा सीमित बनेको नेकपा एमाले निकै कमजोर अवस्थामा छ । यसपटकको चुनावी माहोल स्वतन्त्र उम्मेदवारले […]

नतातेको चुनावी माहोल

प्रतिनिधि एवं प्रदेशसभाको चुनाव (मंसिर ४) आउन केही साता मात्र बाँकी छ। चाड र मध्य खेतीपातीको समय भएकाले होला, चुनावी माहोल तातिसकेको छैन।...

प्रतिस्पर्धात्मक बन्दै चुनावी माहोल

निर्वाचनको दिन नजिकिँदै गर्दा उम्मेदवारहरूबीचको प्रतिस्पर्धात्मक माहोल निकै पेचिलो बनिरहेको छ । निर्णायक मत कहाँ जान्छ भन्ने अनुमान र आँकलनले त यसलाई झन् रमाइलो र काउकुती लाग्ने नै बनाउँदै लगिरहेको छ । अघिल्लो निर्वाचनमा एउटै पार्टीको झन्डामुनि एकताबद्ध भएर लडेको तत्कालीन नेकपा अहिले तीन पार्टीमा विभाजित भएको अवसरमा नेपाली कांग्रेसले फाइदा उठाउन भरमग्दुर प्रयास गरिरहेको […] The post प्रतिस्पर्धात्मक बन्दै चुनावी माहोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुलुकमा निर्वाचनको माहोल सुरु भइसक्यो : नेता सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले मुलुकमा निर्वाचनको माहोल सुरु भइसकेको बताएका छन् । आगामी निर्वाचन पनि कांग्रेसकै नेतृत्वको सरकारले गर्न लागेको बताउँदै उनले भने, 'कांग्रेसको अगुवाइमा हुने निर्वाचन निष्पक्ष हुन्छ ।'  अब...

कलम चिन्हका नकुल थापाको पक्षमा महालक्ष्मीमा यसरी तात्यो माहोल

ललितपुर, २७ वैशाख । महालक्ष्मी नगरपालिकामा कलम चिन्ह लिएर नेकपा एसका उम्मेदवार बनेका नकुल थापाको पक्षमा रोचक तरिकाले माहोल तातेको छ । वडा नं ७ का निवर्तमान वडाध्यक्ष समेत रहेका थापाले आफ्नो वडामा मात्र नभई बाहिर समेत विकासनिर्माणमा विगतमा सक्रिय उपस्थिति देखाएको रेकर्डका कारण पनि माहोल तातेको हो । थापा सामाजिक कार्यमा जहाँ बोलाउँदा पनि […]

माहोल बनाउँदै गाउँमा नेता

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन्। अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै […]

देउसी भैलोको माहोल

काठमाडौं, १७ कात्तिक । देशभर तिहारको चहलपहल सुरु भएको छ । देउसी भैलोको माहोल चलेको छ ।

नेपाली फिल्मको माहोल बनाउन हिन्दीकै प्रतिक्षा

झट्ट सुन्दा, नेपाली चलचित्रका लागि माहोल बनाउन हिन्दी चलचित्रकै प्रतिक्षा गर्नुपर्ने कुरा आश्चर्यमा पार्ने खालको लाग्छ । तर, कोरोनाको दोश्रो महामारीपछि विस्तारै पुरानै लयमा फर्किन थालेको चलचित्र क्षेत्रका लागि यतिबेला प्रतिक्षा बलिउड चलचित्रको छ । कारण, एउटा ठूलो हिन्दी चलचित्र रिलिज भएर माहोल नबनेसम्म नेपाली चलचित्र रिलिज गर्ने जोखिम निर्माताले मोल्न चाहेका छैनन् । यो […]