लगानी बढाउन स्पेनी लगानीकर्तालाई महासंघको अनुरोध

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रशस्त अवसर भएकाले स्पेनी लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई महासंघको आग्रह

नेपालको ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरू साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।

पूँजी बजारसम्बन्धी सचेतना फैलाउन उवामहासंघको साथ

काठमाडौं। वित्तीय साक्षरतालाई प्राथमिकताका साथ अघि बढाएको नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा पूँजी बजारसम्बन्धी सचेतना फैलाउन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को समेत सहयोग पाउने भएको छ । असोज १५ गतेदेखि विश्व लगानीकर्ता सप्ताह, २०२३ मनाइरहेको बोर्डले उक्त अवसरमा बिहीवार महासंघसँग सम्झौता गरेको छ । बिहीवार महासंघको केन्द्रीय कार्यालय टेकु, काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड र महासंघबीच देशभर पूँजी बजारसम्बन्धी शिक्षा तथा सचेतना कार्यक्रम गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बोर्डका तर्फबाट अध्यक्ष रमेशकुमार हमाल र महासंघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि बोर्डका अध्यक्ष हमालले महासंघको सहकार्यमा देशका ७७ ओटै जिल्लामा पूँजी बजारसम्बन्धी वित्तीय शिक्षा कार्यक्रम आयोजना गरिने बताए । अध्यक्ष हमालले प्रभावकारी सिकाइ हुने गरी कार्यक्रम गरिने प्रतिबद्धता व्यक्त गरे । उनले यसै आर्थिक वर्षभित्र ३० जिल्लामा कार्यक्रम गर्नका लागि सहकार्य गर्न महासंघका अध्यक्ष ढकाललाई आग्रहसमेत गरे । महासंघसँगको सहकार्यमा हुने आगामी कार्यक्रमहरू पुराना कार्यक्रम जस्तो नहुने अध्यक्ष हमालको भनाइ थियो । आगामी कार्यक्रम साँच्चिकै व्यावहारिक सिकाइमा परिणत हुनेमा हमालको विश्वास छ । हाल २० प्रतिशतभन्दा कममा रहेको पूँजी बजारसम्बन्धी वित्तीय शिक्षालाई बढाएर तथ्यांकमा देखाउन सकिने अवस्था आगामी दिनमा आउने अपेक्षा हमालले गरेका छन् । चाँडै नै आम लगानीकर्ताको मनोबल बढ्ने किसिमको खबर आउने जानकारीसमेत हमालले गराए । अहिले शेयर धितोकर्जाको सीमाका कारण पूँजी बजारका लगानीकर्ता मारमा परेको गुनासो आइरहेका बेला यस विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल भएकाले केही दिनमा सकारात्मक समाचार आउने हमालले जानकारी दिए । संस्थागत लगानीकर्ताको हकमा शेयर धितोकर्जाको सीमा राख्न नहुने र व्यक्तिगत लगानीकर्ताको हकमा सीमा बढाउनुपर्ने धारणा हमालको थियो ।  ६० लाख नेपालीको लगानी रहेको नेपालको पूँजी बजारलाई उत्पादनमूलक क्षेत्रका रूपमा स्थापित गर्न आगामी दिनमा महासंघले बोर्डसँग सहकार्य गर्न लागेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । देशका एक तिहाइ जनताको लगानी रहेको पूँजी बजारप्रति सकारात्मक सन्देश प्रसारण हुनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । अहिले वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा पनि लगानीकर्ता कर्जा लिन डराइरहनु बजारप्रतिको नकारात्मक टिप्पणी नै रहेको अध्यक्ष ढकालको दाबी थियो । आम लगानीकर्तालाई सचेत गराई देशभित्रै लगानीको वातावरण तयार गर्ने कर्तव्य सरकार, नियामक निकाय र अन्य सबै क्षेत्रको रहेको अध्यक्ष ढकालको भनाइ थियो । बोर्डका अध्यक्ष हमालकोे चालू आर्थिक वर्षभित्र ३० जिल्लामा पूँजी बजार सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्तावलाई अध्यक्ष ढकालले स्वीकार गरेका छन् । पूँजी बजारमा रियल सेक्टरका कम्पनीहरू भित्रिने वातावरण बन्नुपर्ने बताउँदै महासंघका अध्यक्ष ढकालले ७७ ओटा जिल्लाका व्यवसायीको संयुक्त लगानीमा एउटा पब्लिक कम्पनी दर्ता गर्न लागेको जानकारी दिए । उक्त कम्पनीले छरिएर रहेको सानोसानो पूँजीलाई संकलन गरी ठूला आयोजनाहरू सञ्चालन गर्ने ढकालको भनाइ थियो । कार्यक्रममा महासंघका उपाध्यक्ष एवम् बोर्डका सञ्चालक समितिका सदस्य सुरकृष्ण वैद्यले पूँजी बजार उत्पादनमूलक क्षेत्र भएको दाबी गरे । पछिल्लो समय पूँजी बजारलाई अनुत्पादक क्षेत्र भनेर टिप्पणी गर्नेहरूलाई आफ्नो टिप्पणी फिर्ता लिनसमेत उनले आग्रह गरे । यो बजार यस्तो क्षेत्र हो जहाँ अर्बौंको लगानी ३ दिनमा नगदमा परिणत गर्न सकिन्छ । कुनै व्यवसायीले ५ अर्ब लगानी गरेर सञ्चालन गरेको होटेल ३ दिनमा नगदमा परिणत गर्न सक्छ ? भन्ने प्रश्न गर्दै उनले पूँजी बजार अर्थतन्त्रलाई चलायमान बनाइराख्न सक्ने उत्पादनमूलक क्षेत्र भएको दाबी गरे ।

नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्तालाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानी भित्र्याउन विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेको छ । महासंघ र हङकङ ट्रेड डेभलपमेन्ट काउन्सिलले काठमाडौंमा बुधबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी …

साना तथा मझौला उद्यमका लागि महासंघ र कोस्मेबीच समझदारी

काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमईज एण्ड स्टार्टअप्स एजेन्सी (कोस्मे)बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोस्मेका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका छन् । विशेषगरी अन्तरराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ । साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुर्‍याउन सकिने अपेक्षा गरिएको छ । एसएमईज र स्टार्टअपको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्क्युबेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमी र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्नेगरी क्षमता विकासमा जोड दिइनेछ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअपको विकासमा यो समझदारीले एउटा महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरश: कार्यान्वयनमा महासंघको प्रतिबद्धता पनि उनले व्यक्त गरे । अध्यक्ष गोल्छाले महासंघले ‘५० स्टार्टअप ५० लगानीकर्ता’ कार्यक्रम शुरुआत गरेको जानकारी दिँदै नेपालमा स्टार्टअप र एसएमईज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह गरे । कोस्मेका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमईज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदानप्रदान र सहकार्यका लागि महासंघसँगको उक्त समझदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

यो चुनावमा मोबाइल अफ गर्नुपर्दैन किनकि उद्योगी व्यवसायीसँग पैसा नै छैन

उद्योगी पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिको विशिष्ट सदस्य हुन् । उत्पादन एवं व्यापारमासमेत आबद्ध मुरारकासँग देशको पछिल्लो आर्थिक स्थिति र त्यसले लगानीकर्तालाई पारेको असर, आगामी दिनमा चालिनुपर्ने कदमसहित महासंघको विधान संशोधनलगायतका विषयमा बाह्रखरीकर्मी हिमाल पौडेलले गरेको कुराकानी : एउटा उद्योगीको अनुभवमा मुलुकको अर्थतन्त्र अहिले कुन स्थितिमा...

सेयर बजार बन्द

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ । विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीबार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो । वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

सेयर बजार बन्द वस्तु बजार सुचारु

आइतबार नेपाल स्टक एक्सचेन्जमा कारोबार भएन । नेपाल स्टक एक्सचेन्जको वेबसाइटमा भने मार्केट ओपन देखिएको थियो । मार्केट खुले पनि अफिस नै बसेर अनलाइन कारोबार गर्न प्राविधिक रूपमा असजिलो नभए पनि दलालहरूले कारोबार गरेनन् । एकजना लगानीकर्ताका अनुसार दलालले आज कारोबार हुँदैन भोलि आउनुहोला भनेर लगानीकर्तालाई फिर्ता गरेका थिए । यो स्टक दलालहरूले आइतबार एक दिनका लागि माओवादी बन्दप्रति ऐक्यबद्धता जनाएको हुन सक्ने ती लगानीकर्ताको अनुमान छ । विगतमा लामो समयदेखि घटिरहको नेप्से परिसूचक गत बिहीवार भने अचानक बढेको थियो । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको अगुवाइमा भएको राजनीतिक दलका शीर्ष नेताहरूको निर्णायक बहसले सेयर बजारमा सकारात्मक प्रभाव पारेको एक विश्लेषकको भनाइ छ । ठूला रजनीतिक दलका नेताहरूबीच सहमति बन्ने आसमा लगानीकर्ताहरूमा सेयर बजार बढ्ने अपेक्षा गरिएको थियो । फलस्वरूप गत बिहीवार नेप्से परिसूचक दुई अंकले वृद्धि भई ४२० अंकको हाराहारीमा पुगेको थियो । लामो समयदेखि सेयर बजारमा काम गरिरहेका एक लगानीकर्ताका अनुसार नेपालको सेयर बजार धेरै नै तल झरिसकेकाले विक्रिीका लागि आउने सेयर संख्या कम भएर पनि मूल्य बढेको हो । वस्तु बजार प्रभावित भएन एकीकृत नेकपा माओवादीले घोषणा गरेको अनिश्चितकालीन आम हडतालले कमोडिजिटज एक्सचेन्जहरूको कारोबारमा भने प्रभाव पारेको छैन । राजधानीका सम्पूर्ण बजार, उद्योग धन्दाका साथै कलकारखानाहरू बिहीवारदेखि नै प्रायः बन्द भए तर कमोडिटिज एक्सचेन्जको कारोबार भने यथावत् सुचारु रह्यो । वर्ष ५, अंक ३५, २०६७, वैशाख २०–२६

सेयर लगानीकर्तालाई कारोबार अवधी छुट्याएर पुँजीगत लाभकर लगाउन फोरमको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमले सेयर बजामा लगानीकर्ता र कारोबारी छुट्याएर पुँजीगत लाभकर लगाउन माग गरेको छ । फोरमले आगामी बजेटका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटेर दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई दुई भागमा बाँडेर दिर्घकालीन र अल्पकालीन लगानीकर्तालाई फरक–फरक पुँजीगत लाभकरको व्यवस्था गर्न माग गरेको छ ।...