लगानीकर्ताका १० वटा संगठनको संयुक्त बक्तब्य: अन्दोलनबाट ठोस उपलब्धि नभएसम्म मैदान छाड्दैनौ

शेयर लगानीकर्ताहरुका विभिन्न १० वटा संघ संगठनले संयुक्त बक्तब्य जारी गर्दै सेयर धितो कर्जा लिएकाहरुलाई मार्जिन कल गरी बैंक आफैले लगानीकर्ताको सेयर एकतर्फी रुपमा बिक्री गर्ने कार्य रोक्न आग्रह गरेका छन् । उनीहरुले सम्बन्धित बैंक र ब्रोकरहरुलाई लगानीकर्ताको शेयर एकतर्फी रुपमा बिक्रि गर्ने कार्य रोक्न आग्रह गरेका हुन् ।यदि एकतर्फी रुपमा लगानीकर्तालाई क्षति हुने गरी सेयर बिक्री भएमा कानूनी र अन्य उपचारका लागि लगानीकर्ताका संघसंस्थाहरु एकताबद्ध रुपमा सक्रिय हुने चेतावनी पनि संघहरुले दिएका छन् । सरकारले तत्काल आफ्ना १९ बुँदे माग कार्यान्वयन नगरेमा उत्पन्न हुने परिस्थितिप्रति सरकार नै जिम्मेवार हुने उनीहरुले उल्लेख गरेका छन् । नेपालको पूँजी बजार सुधार र विस्तारका लागि सरकारले साढे तीन बर्ष अघि नै गरिसक्छु भनेका कामहरु नगर्दा पूँजी बजारमा गंभीर समस्या उत्पन्न भई लगानीकर्ताहरुको पलायन तीब्र भएको उनीहरुको भनाई छ । यस अवस्थामा सरकारले गर्छु भनेका कामहरु तत्काल गरी लगानीकर्ताहरुलाई आस्वस्त पार्न माग गर्दै लगानीकर्ताहरुको तर्फबाट तिलक कोइरालाको संयोजकत्वमा गठन भएको पूँजी बजार सुधार संघर्ष समितिले प्रस्तुत गरेको १९ बुँदे माग सबै लगानीकर्ता संघसंस्थाहरुको साझा माग भएको संघहरुले प्रष्ट पारेका छन् । ती मागहरु अबिलम्ब पुरा गराउन घोषित संघर्षका कार्यक्रममा सक्रियतापुर्वक सहभागी हुन सम्पूर्ण लगानीकर्ता र पूँजी बजारका सरोकारवालाहरुमा संघहरुले आह्वान समेत गरेका छन् । यसै सिलसिलामा संघर्ष समितिले जेठ ३० गते सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रदर्शन र माग पत्र पेश गर्ने कार्यक्रममा ब्यापक सहभागिता जनाउन र जेठ ३१ गते काठमाडौमा हुने बिशेष कार्यक्रमलाई प्रभावकारी बनाउन सम्पूर्ण लगानीकर्ताहरुमा अपील गरेको छ । यसपटक स्वतन्त्र पूँजी बजार सुधार संघसग बार्ता हुदा आन्दोलनले ठोस उपलब्धि हाँसिल नगरेसम्म मैदान नछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै बिगत जस्तै नियमनकारी निकायले अन्दोलनकारि माथी प्रतिशोध साँधेमा त्यसको एकताबद्ध प्रतिबाद गर्ने अठोट संघहरुले व्यक्त गरेका छन् ।संयुक्त बक्तब्यमा जारी गर्नेमा नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरममा सभापति अम्बिकाप्रसाद पौडेल, पूँजी बजार सुधार संघर्ष समितिका संयोजक तिलक कोइराला, नेपाल ईन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल धितोपत्र लगानीकर्ता संघका महासचिव प्रकाश रजौरे , नेपाल स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल , स्वतन्त्र पूँजी बजार सुधार संघका अध्यक्ष सुशील लुनिया र लगानीकर्ता हित संरक्षण मन्चका अध्यक्ष सुदर्शन पाठक रहेका छन् । यो पनि : लगानीकर्ता अनसनको तयारीमा, धितोपत्र बोर्ड अध्यक्ष हमाल अमेरिकामा

सम्बन्धित सामग्री

राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट

३० भदौं, काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन् । शुक्रबार राजधानी काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्ष चुनेको हो । चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए । महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने […]

समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी

समाजवादी प्रेस संगठनको नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी उम्मेदवार भूपराज खड्कालाई पराजित गरे । सुवेदीले १४७ र खड्काले ११९...

महिला संगठनको बन्दसत्रमा किन गए लिङ्देन ?

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बन्दसत्रमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएपछि विरोध भएको छ ।

संगठनको आन्तरिक शुद्धीकरण मूल प्राथमिकता : आइजिपी कुँवर

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धीकरण आफ्नो कार्यकालको पहिलो र मूल प्राथमिकता रहेको बताएका छन् । अहिले संगठनसामु समस्याका चाङ रहेको, संगठनको दुर्बल र सबल पक्षलाई सामूहिक रूपमा...

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा बगाले

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयोजकमा जेपी बगाले मनोनित भएका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम बगालेलाई मनोनयन गरेका हुन् । नयाँ कार्यसमितिलाई ०७९ असोज मसान्तसम्म संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।

विवेकशील साझाको युवा संगठनको संयोजकमा गौतम चयन

१८ असार, काठमाडौं । विवेकशील साझा पार्टीको युवा संगठनको संयोजकमा सरोज गौतम चयन भएका छन् । यसअघिका संयोजक अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिने भएपछि संगठनको सचिवालय बैठकले सरोजलाई संयोजकमा चयन गरेको हो । सरोज यसअघि महासचिव थिए  । यही असार १६ र १७ गते अनलाइन माध्यमबाट बसेको बैठकले संगठनको आगामी महाधिवेशन र […]

निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला

काठमाडौं । निजामती कर्मचारीको सबैभन्दा ठूलो संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा लेखनाथ कोइराला निर्वाचित भएका छन् । संगठनको हालै काठमाडांैमा सम्पन्न ११आंै राष्ट्रिय महाधिवेशनबाट कोइराला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । यो एमाले निकट कर्मचारी संगठन हो । यसैगरी संगठनको उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभाष साह निर्वाचित भएका छन् । […] The post निजामती कर्मचारी संगठनको अध्यक्षमा कोइराला appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसद्वारा विभिन्न भातृ संगठनको कार्यसमिति विघटन

नेपाली कांग्रेसले पार्टीसम्बद्ध विभिन्न भातृ संगठनको कार्यसमिति विघटन गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले मंगलबार भातृ संगठनको कार्यसमिति विघटन गरेको हो।  कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाल तरुण दल, नेपाल विद्यार्थी...

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला ७ फागुनमा

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला ७ फागुनमा हुने भएको छ । संगठनको बिहीबार बसेको पदाधिकारी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । उनले राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा...

बाल संगठनको पदाधिकारीको सदाचारितामा खोट

प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको देशभरि रहेका पदाधिकारीको सदाचारितामा प्रश्न उठाएको छ ।संघीय संसद् प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि संगठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो । समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल संगठनको केन्द्रदेखि जिल्लास्तरसम्म रहेका संरचनामा […]