साना तथा मझौला उद्यमका लागि महासंघ र कोस्मेबीच समझदारी

काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमईज एण्ड स्टार्टअप्स एजेन्सी (कोस्मे)बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोस्मेका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका छन् । विशेषगरी अन्तरराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ । साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुर्‍याउन सकिने अपेक्षा गरिएको छ । एसएमईज र स्टार्टअपको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्क्युबेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमी र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्नेगरी क्षमता विकासमा जोड दिइनेछ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअपको विकासमा यो समझदारीले एउटा महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरश: कार्यान्वयनमा महासंघको प्रतिबद्धता पनि उनले व्यक्त गरे । अध्यक्ष गोल्छाले महासंघले ‘५० स्टार्टअप ५० लगानीकर्ता’ कार्यक्रम शुरुआत गरेको जानकारी दिँदै नेपालमा स्टार्टअप र एसएमईज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह गरे । कोस्मेका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमईज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदानप्रदान र सहकार्यका लागि महासंघसँगको उक्त समझदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

सम्बन्धित सामग्री

दरबारमार्ग महोत्सव सम्पन्न

काठमाडौँ – कोभिड महामारीले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगलाई चलायमान बनाउने उद्देश्यसाथ १५ औं दरबारमार्ग महोत्सव सम्पन्न भएको छ। ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरी देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाल परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको […]

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५औँ दरबारमार्ग महोत्सव हुँदै

‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने मूल नारासहित लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि काठमाडौंको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो ।

३ वैशाखमा १५औं दरबारमार्ग महोत्सव आयोजना हुने

काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंको दरबारमार्गमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना गर्न लागेको हो । महोत्सवको नारा ‘स्थानीय उत्पादन तथा आन्तरिक पर्यटन प्रवर्द्धन’ भन्ने रहेको छ । नेपाल उद्योग वाणिज्य […]

साना तथा मझौला उद्यम विकास समझदारी

देशभर लघु, साना तथा मझौला उद्यम विकास एवं विस्तारका लागि आवश्यक पर्ने सबै खाले सहजीकरण गर्न कर्मभूमि समाज र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) बीच सम्झौता भएको छ ।समझदारीपत्रमा कर्मभूमि समाजको तर्फबाट अध्यक्ष विनोद चौधरी र सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार बेरोजगार युवा तथा महिला, आर्थिक […]

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा

काठमाडौं, भदौ ३ । वाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार मसान्तभित्र त्यस्ता क्षेत्रमा न्यूनतम ११ प्रतिशतको अनुपातमा एक करोडभन्दा कम रकमको […]

साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा

काठमाडौं । वाणिज्य बैंकहरूले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा तोकिएभन्दा कम कर्जा प्रवाह गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकअनुसार यस्तो कर्जा प्रवाह १० दशमलव १ प्रतिशतको अनुपातमा भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०७८ असार मसान्तभित्र त्यस्ता क्षेत्रमा न्यूनतम ११ प्रतिशतको अनुपातमा रू. १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्न निर्देशन दिएको थियो । तर, त्यस्ता क्षेत्रमा १० दशमलव १ प्रतिशतको अनुपातमा मात्र कर्जा प्रवाह भएको छ । यो भनेको साना तथा मझौला उद्याममा शून्य दशमलव ९ प्रतिशत विन्दुले कर्जा प्रवाह अपुग हो । रकमको आधारमा उक्त क्षेत्रमा रू. ३ खर्ब २७ अर्ब ८० करोड प्रवाह भएको छ । गत आवको असार मसान्तसम्ममा वाणिज्य बैंकहरूले करीब ३७ खर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत २०७८ असारसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असारसम्म १२ प्रतिशत, २०८० असारसम्म १४ प्रतिशत र २०८१ असारसम्म १५ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा प्रतिऋणी रू. १ करोडभन्दा कम रकमको कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको थियो । वाणिज्य बैंकको हकमा गरिएको यो व्यवस्थालाई चालू आवको मौद्रिक नीतिमा पनि निरन्तरता दिइएको छ । तर, कार्यान्वयनको पहिलो वर्षमा तोकिएको दरमा कर्जा प्रवाह हुन सकेको देखिँदैन । राष्ट्र बैंकले यस विषयलाई लिएर बैंकहरूलाई कुनै कारबाही भने नगर्ने बताएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालले यसपटकलाई यस विषयमा बैंकहरूलाई छूट दिइएको बताए । अब चालू आवको मसान्तसम्म एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने उनको भनाइ छ । चालू आवको मसान्तभित्र वाणिज्य बैंकहरूले १२ प्रतिशतको अनुपातमा त्यस्ता क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । ‘कोरोना महामारीका कारण पहिलो वर्ष त्यस्ता क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह हुन सकेन । त्यसैले यसपटकलाई यस विषयमा छूट दिइएको छ,’ उनले भने, ‘तर, चालू आवमा भने बैंकहरूले एकमुष्ट रूपमा तोकिएको अनुपातमा कर्जा प्रवाह गर्नुपर्नेछ ।’ बैंकहरूले भने लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा त्यस अनुपातमा कर्जा प्रवाह हुनुलाई उपलब्धिका रूपमा लिएका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले त्यस्ता क्षेत्रमा १० दशमलव १ प्रतिशतको अनुपातमा कर्जा प्रवाह हुनु उपलब्धिमूलक भएको बताए । ‘राष्ट्र बैंकले दिएको लक्ष्य नै बढी थियो । त्यसैले तोकिएको मात्रामा कर्जा प्रवाह हुन असम्भव थियो,’ उनले भने, ‘हामीले त यतिका मात्रामा कर्जा प्रवाह हुन्छ भनेर कल्पना पनि गरेका थिएनौं । गत असोजसम्म त्यस्ता क्षेत्रमा ६ प्रतिशतको अनुपातममा मात्र कर्जा प्रवाह भएको थियो । असारसम्म आउँदा त्यो ५ प्रतिशत विन्दुले बढेर ११ प्रतिशत पुग्नु सामान्य होइन ।’ यस्तो कर्जामा दिइने लक्ष्य वार्षिक रूपमा बढीमा १ प्रतिशत विन्दु मात्र हुनुपर्ने उनको भनाइ छ । तर, गत आवमा एकैचोटि बढी लक्ष्य दिँदा कार्यान्वयनमा समस्या भएको उनले बताए ।

मेगा बैंक र नेपाल उद्यमशील महिला महासंघबीच सहुलियतपूर्ण कर्जासम्बन्धी सम्झौता

मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सम्झौता गरेको छ