नेपालमा लगानी गर्न बेलायती लगानीकर्तालाई महासंघको आग्रह

नेपालको ऊर्जा तथा पर्यटन पूर्वाधारमा लगानी र सहकार्यका लागि बेलायती लगानीकर्ताहरू साथै बहुपक्षीय र द्विपक्षीय विकास साझेदारहरूलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आग्रह गरेका छन् ।

सम्बन्धित सामग्री

नेपालमा लगानी गर्न बेलायतलाई महासंघ अध्यक्ष ढकालको अनुरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीका लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत रोब फेनसँग भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराएका हुन् । ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरेका हुन् । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले […]

बेलायत नेपालमा लगानी बढाउन तयार

लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रममा बेलायती दूतावासले आफ्नो देश नेपालमा लगानी बढाउन तयार भएको बताएको छ । ‘हामी नेपालमा लगानी गर्ने अवसर खोजिरहेका छौं र बढाउन तया पनि छौं,’ नेपालका लागि बेलायती राजदूत रब फेनले भने, ‘तर, त्यसका लागि सरकारले लगानीमैत्री बातावरण बनाउन पर्छ ।’

बेलायती लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक - NepaliPatra

लण्डन । संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास तथा वित्तीय संस्थाका प्रतिनिधिले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको ‘नेपालमा लगानी र व्यापारका अवसर’ विषयक सम्मेलनमा उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । सम्मेलनमा […]

२ खर्ब ४२ करोड लगानी प्रतिबद्धता

सरकारले नेपालमा लगानी गर्नका लागि बेलायती लगानीकर्तालाई आग्रह गरेको छ। मुलुकमा अपेक्षित रूपमा वैदेशिक लगानी नभित्रिएको अवस्थामा नेपालको विकास साझेदार बेलायतमै लगानी सम्मेलनको आयोजना गरेर लगानी गर्न निम्तो दिएको हो।...

अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।...

अन्तर्राष्ट्रिय व्यापार वृद्धि गर्न बेलायती पूर्व मन्त्रीको सुझाव

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी गर्न उपयुक्त वातावरण रहेको बताएका छन्।...

बेलायती राजदूतसँग परिसंघको छलफल, निर्यात प्रवद्र्धन र लगानी अभिवृद्धिमा जोड

नेपाल उद्योग परिसंघले  बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग छलफल गरेको छ  । छलफलमा परिसंघले नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न, बेलायती लगानी बढाउने वातावरण सिर्जना गर्न र विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न  राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेको छ । बेलायतका लागि नेपाली राजदूत नियुक्त भएका आचार्यसँगको छलफलमा परिसंघले नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेको भन्दै त्यसतर्फ बेलायती लगानीकर्ता आकर्षित गर्न पहल गर्नुपर्नेमा जोड दिएको हो । छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतीपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए  । ‘नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,’ उनले भने, ‘नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त संभावना छ ।’छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए  । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक संभावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे। बेलायतले नेपाल जस्ता देशहरूमा आर्थिक÷सामाजिक विकासका लागि अनुदानका कार्यक्रम अघि बढाइरहेको भन्दै उनले पूर्वाधार विकासमा त्यो उपयुक्त हुने बताए । राजदूत आचार्यले नेपाल उद्योग परिसंघले आयोजना गर्ने पूर्वाधार सम्मेलनमा बेलायती लगानीकर्ता सहभागी गराउन पहल गर्ने पनि उल्लेख गरे  । ‘दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन राजनीतिक तहमा नै संयन्त्र विकास गरी काम गर्ने सोच अघि बढाएका छौँ,’ उनले भने, ‘त्यसमार्फत पनि दुई देशबीचको आर्थिक कुटनीति बलियो बनाउने र नेपालमा लगानी बढाउन तथा नेपाली वस्तुको निर्यात अभिवृद्धि गर्न सकिन्छ ।’ नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेको र यो सम्बन्धलाई नेपालको आर्थिक विकासमा उपयोग गर्ने गरी आफूले रणनीति तयार गर्ने उनको भनाइ छ । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालको जलविद्युत, खनिज, पर्यटन, शिक्षा र स्वास्थ्य गरी पाँचवटा क्षेत्र बेलायती लगानीकर्ताका लागि आकर्षक क्षेत्र हुन सक्ने औँल्याए  । नेपालमा उत्पादन हुने वस्तुलाई भारतमा भन्सार छुट सुविधासहित निर्यात गर्न सकिने भएकाले लगानीकर्ताले बजारको चिन्ता लिनु नपर्ने उनको भनाइ छ । यसैगरी परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य, गलैँचा उत्पादक संघका महासचिव अशोक अग्रवाल एवं गलैँचा निर्यातकर्ता राहुल शाक्य र तयारी पोशाक उत्पादक एवं निर्यातकर्ता बलराम गुरुङले नेपाली उत्पादन प्रवद्र्धनका लागि बेलायतस्थित दूतावासमा प्रदर्शनी केन्द्र स्थापना गर्न आग्रह गरे । उनीहरूले बेलायतमा नेपाली उत्पादन प्रवद्र्धनका लागि वार्षिक कार्यक्रम नै तय गरी व्यापार मेला आयोजना गर्न पनि सुझाव दिए । बेलायती उद्योगी र नेपाली उद्योगीबीच आपसी सम्बन्ध स्थापित गराउन दूतावासले पहल गर्नुपर्नेमा पनि जोड दिए ।

‘नेपालमा लगानी भित्र्याउन पहल गर्छु’

नेपालका लागि बेलायती राजदूत निकोला पिलोटले नेपालको विकासमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)ले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा उनले नेपालमा विदेशी लगानी अभिवृद्धिका लागि सहयोग गर्ने...

नेपालमा लगानी भित्र्याउन लण्डन दूतावासमा सम्मेलन

अर्थमन्त्री डा. युवराज खतिवडाले बेलायती लगानीकर्ताहरुलाई नेपालमा आएर लगानी गर्न आह्वान गरेका छन् । शुक्रबार बेलुका लण्डनस्थित नेपाली दूतावासमा ‘नेपालमा लगानीका सम्भावना’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सोे आह्वान गरेका हुन् । आउँदो मार्च २९ र ३० तारिखमा नेपाल सरकारले काठमाडौंमा लगानी सम्मेलन आयोजना गरेको जनाउँदै मन्त्री खतिवडाले बेलायती लगानीकर्ताहरुलाई नेपाल आउन आमन्त्रण गरे ।

नेपालमा लगानी गर्न बेलायतलाई आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गरेका छन् ।