सेयर लगानीकर्तालाई कारोबार अवधी छुट्याएर पुँजीगत लाभकर लगाउन फोरमको माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमले सेयर बजामा लगानीकर्ता र कारोबारी छुट्याएर पुँजीगत लाभकर लगाउन माग गरेको छ । फोरमले आगामी बजेटका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटेर दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई दुई भागमा बाँडेर दिर्घकालीन र अल्पकालीन लगानीकर्तालाई फरक–फरक पुँजीगत लाभकरको व्यवस्था गर्न माग गरेको छ ।...

सम्बन्धित सामग्री

पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्नुपर्ने सेयर लगानीकर्ताको माग

१७ जेठ, काठमाडौं । सेयर लगानी कर्ताले पुँजीगत लाभकर नै अन्तिम कर कायम गर्नुपर्ने माग गरेका छन् । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा पेस गरेको आर्थिक विधेयकमा प्राकृति व्यक्तिले व्यवसायिक रुपमा सेयर र घरजग्गाको …

सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर हटाउन माग

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले सेयर कारोबारमा ५ प्रतिशत पुँजीगत लाभकर हटाउन माग गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रियामा अर्थमन्त्रीलाई सुझाव दिँदै मैनालीले यस्तो व्यवस्थाले सेयर बजार सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो । मैनालीले सेयर बजारमा प्रत्यक्ष विदेशी लगानी आवश्यक रहेको पनि बताउनुभयो । […]

लाभकर छलीमा बोटलर्सविरुद्ध मुद्दाः साढे सात अर्ब रूपैयाँ माग दाबी

काठमाडौं, फागुन २८ । राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल र त्यसका सञ्चालकविरुद्ध सेयर स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको आरोपमा करिब साढे सात अर्ब रूपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ। विभागले शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायत हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। […]

कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोडको मुद्दा दायर

बहुराष्ट्रिय कम्पनी कोका-कोलाविरुद्ध ७ अर्ब ४३ करोड बिगो दाबी सहित उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले आज कोकाकोला बिरुद्द मुद्दा दायर गरेको हो।कोलाकोलाले आफ्नो सेयर स्वामित्व परिवर्तन गर्दा नेपाललाई तिर्नुपर्ने पुंजीगत लाभकर नतिरेको भन्दै मुद्दा दायर भएको हो। विभागले बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुवईस्थित कम्पनी कोका–कोला साब्को एसियाको शतप्रतिशत सेयर कोका–कोला साब्कोले आयरल्यान्डमा रहेको युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा सेयर स्वामित्व परिवर्तन गरेको थियो। तर त्यसबापत नेपालले यहाँको कानुनअनुसार पाउनुपर्ने पुँजीगत लाभकर नतिरेपछि मुद्दा दायर गरेको हो। बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ सय ८३ रुपैयाँ हुने र सोमा कोका–कोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५३६ रुपैयाँलाई लागतको रुपमा घटाउँदा ३ हजार ३ सय ४७ रुपैयाँ प्रतिकित्ता पुँजीगत लाभ हुने बिभागको अनुसन्धानबाट खुलेको छ।विभागकाअनुसार  कोकाकोला साब्को एसियाको बोटलर्स नेपालमा रहेको सेयर संख्या १४ लाख ८४ हजार ३ सय १ को बिक्रीबापत जम्मा ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४ सय ४७ रुपैयाँ पुँजीगत लाभ हुँदा त्यसमा आयकर ऐन २०५८ को अनुसूची १ को दफा २ (१) बमोजिम २५ प्रतिशतका दर १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८ सय ६२ रुपैयाँ लाग्छ। त्यस्तै सोहि ऐनको दफा ७ (१) बमोजिमको शुल्क (०.१ प्रतिशत)का दरले हुने ३ करोड ४१ लाख ९ सय ५० रुपैयाँ सोही ऐनको दफा ११८ बमोजिम ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६ सय २२ रुपैयाँ तथा सोही ऐनको दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख ६५ हजार ११५ रुपैयाँ र सोही ऐनको दफा १२० (ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८ सय ६२ समेत गरी कुल बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४ सय ११ रुपैयाँ हुन आउने विभागले जनाएको छ। त्यसमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २ को उपदफा (छ १) बमोजिम बिगो बराबरको राजस्व चुहावट भएको विभागले जनाएको छ।सोही अनुसार बिगो कायम गरी विभागले बिगोको शतप्रतिशत जरिवाना समेत गरी कुल ७ अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रुपैयाँ असुल गर्न र कम्पनीका प्रदीप पाण्डे, पुनीत चन्द्रपाल वष्र्णे, राजीव टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, अशोक कुमार मण्डल, डा. त्रिलोचन उप्रेती तथा सञ्जीव कुमार मिश्रलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ (झ) र दफा २३ (३) को कसुरमा सोही ऐनको दफा २३ (३) बमोजिम सजाय हुन मागदाबी लिई अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ। विभागले बोटलर्स नेपाल लिमिटेडका शुक्ला वासान, मेल्भिन तान चुन पिन, मोहम्मद अमिन गोनेम, गौरव खोस्ला, सन्दीप बजोरिया, देवव्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोएली कुपुस्वामी र संकेत रायलाई पनि प्रतिवादी बनाएको छ। केही समयअघि सरकारी वकिलको कार्यालयले कर छली गरेको विषयमा राजस्व अनुसन्धान विभागलाई आफ्नो राय दिएको थियो। विभागले मागेको साढे ५ महिनापछि कार्यालयले नेपालमा कोका–कोला बिक्रीवितरण गर्ने बोटलर्स नेपालविरुद्धको अनुसन्धानमा आफ्नो राय प्रदान गरेको थियो।विभागले गत वर्ष मंसिरमा गरेको अध्ययनले बोटलर्स नेपालले राजस्व छली गरेको निष्कर्ष निकालेको हो। उक्त निष्कर्षसहितको अध्ययन रिपोर्ट गत भदौमा सरकारी वकिल कार्यालयलाई बुझाएर राय माग गरिएको थियो। यसअनुसार दुई हप्ता अघि कार्यालयले विभागलाई यसबारे आफ्नो राय प्रदान गरेको हो।अर्बौँ रुपैयाँ पुँजीगत लाभकर छली गरेको र त्यहीअनुसारको जरिवाना तथा बिगो कायम गरी मुद्दा चलाउन मनासिब हुने सरकारी वकिलको कार्यालयले प्रदान गरेको राय अनुसार मुद्दा दायर गरेको हो।कम्पनीको ७५ प्रतिशत लगानीयुक्त सेयर स्वामित्व ६ वर्षअघि नै परिवर्तन भएको खुलेको छ। विदेशी लगानीकर्ताले सो जानकारी कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग र कर कार्यालयलाई समेत गराउनुपर्नेमा अहिलेसम्म गराएका छैनन्।स्वामित्व परिवर्तन हुँदा नेपालको आयकर ऐनअनुसार २५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ। उक्त किनबेच आजभन्दा ६ वर्षअघि अर्थात् सन् २०१४ मा भएको समेत अनुसन्धानमा देखिएको छ।  नेपालमा लगानी रहेको सेयर बिक्री हुँदा पुँजीगत लाभकर लाग्नेमा कम्पनीले स्वामित्व परिवर्तन हुँदा कर छली गरेको अनुसन्धानले देखाएको हो। अर्बौँ राजस्व छली गरेको कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालले कर नतिर्न यहीबीचमा लगानी थप गर्ने समेत प्रस्ताव ल्याएको छ।कोका–कोलाको हाल चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ। कोका–कोलाले वार्षिक ५ अर्ब रुपैयाँबराबरको कारोबार गर्ने गरेको छ।  बोटलर्स नेपालमा ३ किसिमका लगानीकर्ता छन्। यसमा ७५ प्रतिशत विदेशी लगानी छ भने २२ प्रतिशत लगानी नेपालकै खेतान समूहको छ। बाँकी सर्वसाधारणको लगानी छ।