विश्वका सबैभन्दा चर्चित टिकटकर खबी लामे इटालीको नागरिक भएका छन् । उनका व्यंग्यात्मक, आवाजविहीन साना भिडियो क्लिपहरू विश्वभर चर्चित छन् । उनी टिकटकमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति हुन् । ‘म गणतन्त्र इटालीप्रति बफादार हुने र संविधान तथा राज्यको कानून पालना गर्ने कसम खान्छु ,’ लामेले यस हप्ता ट्युरिन नजिक रहेको सहर चिभासोमा अधिकारी अघि शपथ खाँदै भने । लामेको परिवार उनी सानै छदा सेनेगलबाट इटाली सरेको थियो । उनको परिवार इटाली आउँदा उनी एक वर्षका मात्र थिए ।पुरा नाम ‘खबा