प्रदेश १ : सुई नहुँदा थन्कियो कोभिडविरुद्धको तीन लाख खोप

विराटनगर : कोभिड १९ विरुद्धको खोपका लागि आवश्यक सुई नहुँदा प्रदेश १ मा तीन लाख खोप थन्किएको छ।केन्द्रबाट थप सुई (सिरिन्ज) नआए प्रदेश १ मा कोभिडविरुद्धको खोप कार्यक्रम प्रभावित हुने भएको छ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले विराटनगरमा बाँकी सिरिन्ज सकिन लागेको जानकारी गराएको छ।२८ मंसिरमा प्रदेशका लागि ३ लाख ७७ हजार ८ सय ५० मात्रा भेरोसेल खोप आएको थियो। आएको खोपका लागि सोही बराबरको सुई चाहिने भए पनि केन्द्रबाट अहिलेसम्म सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरक

सम्बन्धित सामग्री

बजेट खर्चमा प्रदेश १ पहिलो, कर्णाली पुछारमा

६ साउन, पोखरा । बजेट खर्चमा सात प्रदेश सरकारमध्ये प्रदेश १ अगाडि देखिएको छ । आर्थिक वर्ष २०७८/८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडि र कर्णाली अन्तिममा छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८/०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको […]

प्रदेश १ : एक वर्षमा २ लाख ६९ हजारले गरे ट्राफिक नियम उल्लंघन

प्रदेश १ मा गत आर्थिक वर्ष २०७८/०७९ को १ वर्षको अवधिमा २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनले ट्राफिक नियम उल्लंघन गरेको पाइएको छ ।  प्रदेश १ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार यसरी ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १८ करोड १ लाख ५९ हजार राजश्व जरिवाना गराइएको छ ।यस्तै प्रहरीले ४ हजार ८ सय २१  रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ । कतिपयले गाँजा खेतीलाई मान्यता दिनुपर्ने बहस चलाइरहेको बेला प्रहरीले भने गाँजाखेती नष्ट गर्दै आएको छ । यस्तै प्रहरी

प्रदेश १ को बजेट पारित

१९ असार, विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट पारित भएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकबाट बहुमतले बजेट पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको बजेट ल्याएको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको शनिबार मुख्यमन्त्री […]

प्रदेश १ का नौ जिल्लामा घट्यो जनसंख्या

धनकुटा : पछिल्लो १० वर्षमा धनकुटासहित प्रदेश १ का नौ जिल्लाको जनसंख्या घटेको छ। प्रदेश १ का पहाडी जिल्ला धनकुटा, तेह्रथुम, ताप्लेजुङ, पाँचथर, इलाम, भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलढुंगाको जनसंख्या २०६८ सालभन्दा २०७८ सालमा कम भएको पाइएको हो।केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्या २०६८ सालभन्दा कम छ। जसमा प्रदेश १ का नौ जिल्ला रहेका छन्।धनकुटाको जनसंख्या २०६८ सालमा एक लाख ६३ हजार ४१२ रहेकामा २०७८ सालमा एक लाख ४९ हजार ९८४ कायम भएको छ। तेह्रथुममा २०६८

प्रदेश १ सरकारले बाढी–पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई एक लाख रुपैयाँ दिने

मोरङ – प्रदेश १ सरकारले बाढी–पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सोमप्रसाद गुरागाईंले प्रदेश दैवीप्रकोप उद्धार समितिको बैठकले बाढी पहिरोबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत वितरण गर्ने निर्णय गरेको जानकारी दिए। प्रदेश १ का मुख्यमन्त्री […]

प्रदेश १ : बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई एक लाख दिइने

विराटनगर : प्रदेश १ सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख दिने निर्णय गरेको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो।पूर्णरूपमा बाढीपहिरोले घरमा क्षति पुर्‍याएको परिवारलाई घर बनाउन भूकम्पमा क्षति भएसरह तीन लाख राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सचिवालयले जनाएको छ।यस्तै, मुख्यमन्त्री आचार्यले विराटनगरको हवाई सेवा सुचारु गर्न, दुहवीमा विजुलीको स्टेशनमा भएको समस्या तत्काल समाधान गर

प्रदेश १ का स्थानीय तहमा ५ अर्बभन्दा बढी रकम बेरुजु

धनकुटा : प्रदेश १ का स्थानीय तहमा ५ अर्ब रूपैयाँभन्दा बढी रकम बेरूजु रहेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनअनुसार प्रदेश १ स्थानीय तहमा ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखिएको हो।प्रदेश १ मा रहेका एउटा महानगरपालिका, २ उपमहानगरपालिका, ४५ नगरपालिका र ८५ गाउँपालिकाको लेखापरीक्षण गरेको महालेखाले ५ अर्ब १२ करोड ४८ लाख १३ हजार रूपैयाँ बेरूजु देखाएको छ।प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा अहिलेसम्म पेश्कीसहित १ अर्ब १६ करोड ७८ लाख रूपैयाँ

प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजारभन्दा धेरै

काठमाडौं। सरकारले चलाएको कोरोनाविरुद्धको खोप अभियानमार्फत प्रदेश १ मा खोप लगाउनेको संख्या ४ लाख ७३ हजार ५ सय ६३ पुगेको छ। प्रदेशमा खोपको पहिलो मात्रा मात्र लगाउनेको संख्या ३ लाख ७७ हजार ४४९ रहेको छ भने खोपको दोस्रो मात्रा समेत लगाउनेको संख्या ९६ हजार ११४ रहेको छ। प्रदेशमा कोभिसिल्ड र भेरोसेल दुवै खोप लगाइएको छ।

प्रदेश १ को आगामी आर्थिक बर्ष बजेट ३२ अर्ब ४६ करोड ९२ लाख

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ। बजेटको४६.३ प्रतिशत अर्थात१५ अर्ब ५ करोड ३५ लाख पुँजीगत खर्चका लागि छुट्याइएको छ। चालु खर्च१४ अर्ब १६ करोड १५ लाख अर्थात४३.६ प्रतिशत रहेको छ। स्थानीय तहमा वित्तिय हस्तान्तरणमा३ अर्ब२२ करोड४३ लाख रहेको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बोहाङले बजेट बक्तव्यमा बताएका छन्।

फ्रन्टलाइनका कर्मचारी निधन भए प्रदेश १ सरकारले परिवारलाई २५ लाख दिने

विराटनगर  : प्रदेश १ सरकारले कोरोना महामारीमा खटिएका फ्रन्टलाइनका कर्मचारी निधन भए प्रतिपरिवार २५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा खटाएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मी र कर्मचारीको कोभिड– १९ का कारणबाट मृत्यु भए परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुनेगरी एकमुष्ट २५ लाख रुपैयाँ दिने निर्णय गरेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जना